डिजिटल पेमेन्टमा सेलपे नयाँ प्लेयरको रुपमा उदय, अहिले भएका भन्दा विल्कुलै फरक विशेषता 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ साउन १४, मङ्गलबार,०७:३६:PM  
डिजिटल पेमेन्टमा सेलपे नयाँ प्लेयरको रुपमा उदय, अहिले भएका भन्दा विल्कुलै फरक विशेषता 

सरकारले डिजिटल भुक्तानीलाई प्रोत्साहन गरेसँगै बजारमा सेलपे नयाँ कम्पनीको रुपमा उदाएको छ । फरक विशेषता र सेवासहित सेलपेले मङ्गलबारबाट सेवा सुरु गरेको हो । सेवाको सुरुआत नेपाल राष्ट्र बैङ्कका गभर्नर चिरञ्जीवी नेपालले गरेका हुन् । 

अहिले भइरहेका मोवाइल वालेटमा पैसा जम्मा गर्नुपर्छ । त्यहीबाट कारोबार हुन्छ । तर, सेलपेमा पैसा जम्मा पनि गर्नुपर्दैन । आफ्नो बैङ्क खातामा रहेको पैसा सेलपेलको माध्यमबाट भुक्तानी गर्न सकिने सेलपेका अध्यक्ष दीपक मह्लोत्राले जानकारी दिए । 
अहिले भएका वालेटमा पैसा राख्दा ग्राहकको पैसाको व्याज आउँदैन । निव्र्याजी पैसा वालेटमा राख्नुपर्छ । तर, सेलपेमा कुनै पैसा जम्मा पनि गर्नु नपर्ने तथा आफ्नो पैसाको ब्याज समेत आउने कम्पनीले बताएको छ । 

सेलपे के हाे ? कसरी सञ्चालन हुन्छ ? 

यस्ता छन् विशेषता

आधिकारिकरुपमा लन्च हुनुअघि नै १४ ओटा बैङ्कसँग टाइअप गरिसकेको सेलपेबाट फन्ड ट्रान्सफर कारोबार गर्दा सेवाग्राहीले अन्य ई–पेमेन्ट गेटवेमा जस्तो बारम्बार आफ्नो बैङ्किङ खाता नम्बर उल्लेख गर्नु पर्दैन । एक पटक केवाईसी फर्म भर्दा सम्पूर्ण बैङ्किङ विवरण उपलब्ध गराएपछि सेवाग्राहीको फोन नम्बर र सेलपेसँग रहेको बैङ्किङ विवरणबाटै सम्पूर्ण कारोबार सम्भव हुन्छ । सेलपे एप प्रयोगकर्ताले आफ्नो जुनसुकै बैङ्क खाता चयन गरेर प्रापकलाई पैसा पठाउन सक्छन् । तर, यसमा अन्य ई–पेमेन्टमा जस्तो प्रापक सम्बन्धित ई–पेमेन्ट सेवामा दर्ता हुनुपर्दैन । सेलपेबाट कारोबार गर्नका लागि पठाउने र प्राप्त गर्ने दुवैतर्फ सेलपेका साझेदार बैङ्कहरुसँगै सेलपेमा पनि दर्ता भएको हुनुपर्छ । बैङ्किङ कारोबारको हकमा पठाउने व्यक्तिले जुनसुकै बैङ्किङ खाता चलाए पनि प्राप्त गर्ने व्यक्तिले एउटा डिफल्ट खाता चयन गर्नु पर्छ ।


सेलपे सेवालाई कम्पनीले सेलपे डेविड कार्डको रुपमा व्याख्या गरेको छ । सेलपेबाट विभिन्न दुरसञ्चार सेवा, विजुली, खानेपानी, टिभी, इन्टरनेट, रेस्टुरेन्ट, सिनेमा हलहरुमा महशुल भुक्तानी गर्न सकिन्छ ।

त्यसैगरी, एक बैङ्क खाताबाट अन्य बैङ्क खातामा रकम स्थानान्तरण गर्न मिल्ने, स्वदेशभित्र गरिने मनि ट्रान्सफर, पीटुपी, पीटुबी, पीटुजी, बीटुपी, बिटुबी, बीटुजीजस्ता वास्तविक समयमा कार्य गर्ने कम्पनीले जनाएको छ । सेलपे सेवा मोबाइल तथा वेव एप्लिकेसन दुवै माध्यमबाट उपयोग गर्न सकिने कम्पनीका प्रवन्ध निर्देशक पवन प्रधानले जानकारी दिए । 


 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');