काठमाडौं । मुक्तिनाथ विकास बैङ्कले आकर्षक सुविधा र ब्याजदरमा नयाँ आवास कर्जा ल्याएको छ । आवासीय प्रयोजनका लागि घर निर्माण, मर्मत, तला थप, कम्पाउन्ड निर्माण, फर्निसिङ तथा घडेरी खरिदका लागि ‘आधाको ब्याज, आधाको किस्ता, साथमा पाउनुहोस् नगद फिर्ता’ भन्ने आवास कर्जा ल्याएको हो ।
यो कर्जा आकर्षक ब्याजदरमा २० वर्षको लागि लिन सकिने बैङ्कले बताएको छ ।
यसका साथै, बैङ्कले पुँजी बजारमा लगानी गर्नका लागि सेयर धितो राखेर लिन मिल्ने सेयर कर्जा सुविधा पनि सञ्चालन गरेको छ । यो कर्जा, धितो राखेको सेयरको ६५ प्रतिशतसम्म १ वर्षका लागि लिन सकिनेछ ।
मुक्तिनाथ बैङ्कका देशभर ११९ ओटा शाखा, २५ ओटा एटीएम र करिब सात लाख ग्राहक छन् । बैङ्कले विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधा, रेमिट्यान्स सेवा, बैङ्कास्योरेन्स, आस्बा, मोबाइल बैङ्किङका साथै देशैभरका भिषा नेटवर्कअन्तर्गत रहेका एटीएमबाट निःशुल्क रकम झिक्न मिल्ने सेवा दिँदै आएको छ ।
हालै मात्र बैङ्कले क्यान्सर उपचार र दुर्घटना मृत्यु बिमामा आबद्ध गरी जीवन वरदान बचत खाता सञ्चालनमा ल्याएको छ ।