हलिउड फिल्म फास्ट एन्ड फ्युरिअसको प्रिमियर बिग मुभिजमा 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ साउन १६, बिहीबार,०५:३१:PM  
हलिउड फिल्म फास्ट एन्ड फ्युरिअसको प्रिमियर बिग मुभिजमा 

काठमाडौं । कमलपोखरीस्थित बिग मुभिजमा बिहीबार हलिउड फिल्म ‘फास्ट एन्ड फ्युरिअस : हब्स एन्ड श’को प्रिमियर हुँदैछ । युनिभर्सल पिक्चर्स, एप्पल इन्टरटेनमेन्ट र बिग मुभिजले संयुक्तरुपमा उक्त प्रिमियरको आयोजना गर्न लागेका हुन् । 

सो प्रिमियरमा फिल्म, सङ्गीत, कला, साहित्य, उद्योेग व्यवसाय, सञ्चारलगायतका क्षेत्रका व्यक्तित्वको उपस्थित रहने छ । 

एक्सन जनराको यो हलिउड फिल्मको निेर्देशन डेबिड लेथान्डले गरेका हुन् भने यसको कथा क्रिस मोर्गान र ड्रिउ पिएर्सले लेखेका हुन् । 

यो फिल्म शुक्रबारबाट विश्वभर प्रदर्शन हुँदैछ । 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी कला / साहित्य बाट थप

Top