तरकारी बाली सुक्न थालेपछि किसान चिन्तित

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ साउन १७, शुक्रबार,०२:५९:PM  
तरकारी बाली सुक्न थालेपछि किसान चिन्तित

इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिका–१ का प्रभु मेहताले पाँच कट्टामा भन्टा खेती गरेका थिए । करीब १५ हजारको लागतमा उनले लगाएको भण्टा एक्कासि सुक्न थालेकाले अहिले उनी चिन्तित भएका छन् । घर खर्च चलाउनका लागि मुख्य स्रोतको रुपमा रहेको तरकारी खेती असार अन्तिम साता आएको बाढीले सखाप बनाएकाले अहिले उनलाई घरपरिवार कसरी चलाउने भन्ने चिन्ताले सताएको छ ।    
    
उनी जस्तै देवानगञ्ज–५ का भोलाप्रसाद मेहताले समेत पाँच कट्ठामा खुर्सानी खेती गरेका थिए । करीब ३५ हजार रूपैयाँको लागतमा लगाइएको खुर्सानी सुक्न थालेपछि उनलाई पनि चिन्ताले सताएको छ । घरमा भएको रकम र ऋण काढेर लगानी गरेर केही आम्दानी होला र घरपरिवार चलाउँला भन्ने आशामा गरेको व्यवसाय सुक्न थालेपछि अब के गर्ने र कसरी परिवार चलाउने भन्ने चिन्ताले उनलाई पनि सताएको छ ।    
    
महँगो बीउ, मल र मजदूर लगाएर मेहताद्वयले गरेको खेती सुक्न थालेपछि उनीहरुलाई हातमुख जोड्नसमेत समस्या भएको छ । तरकारी खेतीकै भरमा घरपरिवार चलाउँदै उनीहरूले केही कमाउने भन्ने आशले गरेको व्यवसाय चौपट हुन थालेकाले लगानीसमेत नआउने भएपछि उनीहरुलाई हास्नु न रुनुजस्तै भएको हो ।    
     
साे गाउँपालिकामा मात्रै बाढीका कारण करीब ५० बिघा तरकारी बाली सुक्न थालेको अनुपम तरकारी कृषि सहकारी सस्ंथाका अध्यक्ष रामवृक्ष मेहताले बताए ।

सहकारीबाट लिएको ऋणले तरकारी खेती गरेका कृषकले त्यसैको आम्दानीले ऋण पनि तिर्ने र घरपरिवार पनि चलाउने आशा गरे पनि आशा निरासामा परिणत भएका हुन् ।    रासस

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top