काठमाडौं । बिहीबार देशभरका विभिन्न स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्ययम वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले आज तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गर्दै राति पश्चिमी क्षेत्रमा मघगर्जनसहित भारी वर्षा हुन सक्ने जनाएको छ । मशाखाले शुक्रबार र शनिबार समेत मेघगर्जनसहित वर्षा हुने अनुमान गरेको छ ।
महाशाखाले देशको केही स्थानहरुमा मेघ गर्जन सहितको वर्षा हुने/चट्याङ्ग पर्ने सम्भावना रहेकोले सतर्कता अपनाउन आग्रह गरेकाे छ । त्यस्तै पश्चिम नेपालका एक-दुई स्थानमा भारी वर्षाका कारण पहिरो/भू-क्षयका कारण जाेखिम बढ्ने भएकाले यात्रा गर्दा उच्च सतर्कता अपनाउनसमेत महाशाखाले आग्रह गरेकाे छ ।
महाशाखाले सार्वजनिक गरेको तीन दिनको मौसम पूर्वानुमान बुलेटिनः
नेपाल सरकार
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय
जल तथा मौसम विज्ञान विभाग
मौसम पूर्वानुमान महाशाखा
मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)
(जारी मितिः २०७६-०४-२३, बिहान ६:०० बजे)
मौसम विश्लेषण (Meteorological Analysis):
मनसुनको न्यून चापिय रेखा (Axis of Monsoon Trough) औसत स्थान भन्दा केही दक्षिण तिर रहेको छ | साथै पूर्वि र मध्य नेपालमा एउटा Deep Depression को असर पनि देखिएको छ। उक्त Deep Depression, हाल उत्तरी ओडिसा तटीय नजिकै उत्तर -पश्चिम बंगालको खाडीमा अवस्थित छ । मनसुनको न्यून चापिय रेखा (Axis of Monsoon Trough) को औसत स्थान भन्नाले भारतको उत्तरी राजस्थान, हरयाना, दिल्ली, दक्षिण उत्तर प्रदेश, दक्षिण बिहार,झारखण्ड र पश्चिम बंगाल हुँदै बंगालको खाडीको शिरसम्म( Head of Bay of Bengal) जनाउँछ।
देशभर समग्र मौसमको अवस्था (Present Weather Status):
हाल देशका अधिकांस स्थानहरुमा आंसिक देखि सामान्य बदली रही पूर्वी भू -भागका थोरै स्थानहरुमा र पश्चिमको १/२ स्थानहरुमा हल्का वर्षा भइरहेको छ । देशको पूर्वी भू-भागका केही स्थानहरूमा मेघ गर्जन गराउने बादल सक्रिय छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान (Three Days Weather Forecast):
श्रावण २३ गते (बिहिबार)
दिउँसो: देशका धेरैजसो स्थानहरुमा आंसिक देखि सामान्य वदली रही पश्चिम र मध्यका केही स्थानहरुमा र पुर्वका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा संभावना रहेको छ।
राती: देशका धेरैजसो स्थानहरुमा सामान्य वदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। पश्चिमी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षा हुनसक्छ।
श्रावण २४ गते (शुक्रबार)
दिउँसो: देशका धेरैजसो स्थानहरुमा आंसिक देखि सामान्य वदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुनेछ।
राती: देशका धेरैजसो स्थानहरुमा सामान्यतया वदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुनेछ।
श्रावण २५ गते (शनिबार)
दिउँसो: देशका धेरैजसो स्थानहरुमा आंसिक देखि सामान्य वदली रही थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ ।
राती: देशका धेरैजसो स्थानहरुमा आंसिक देखि सामान्य वदली रही पश्चिमका थोरै स्थानहरु तथा पूर्वी र मध्यका १/२ स्थानहरुमा मा मेघ गर्जन/चट्याङ्ग सहित वर्षाको संभावना रहेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):
देशको केही स्थानहरुमा मेघ गर्जन सहितको वर्षा हुने/चट्याङ्ग पर्ने सम्भावना रहेकोले सतर्क रहन आग्रह गरिन्छ। पश्चिम नेपालका एक-दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ जसले गर्दा सडक यातायातमा पहिरो/भू-क्षयका कारण अवरोध आउन सक्छ। तसर्थ यात्रा गर्दा सतर्कता अपनाउन आग्रह गरिन्छ।