विद्युतको समस्या समाधान हुन्छ,– मन्त्री यादव, सरकारका ३८ निकायमा धाउनु पर्ने उद्योगीको गुनासो

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ साउन २४, शुक्रबार,०५:३०:PM  
विद्युतको समस्या समाधान हुन्छ,– मन्त्री यादव, सरकारका ३८ निकायमा धाउनु पर्ने उद्योगीको गुनासो

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले विद्युतको समस्या समाधान गर्ने बताएका छन् । सुविधै नलिएका उद्योगलाई नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेडसरह महसुल लगाएपछि अन्दोलित भएका व्यवसायीलाई यादवले समाधान गर्ने प्रतिबद्धता जनाएका हुन् ।  उनले डेडिकेटेड महसुलका विषयलाई लिएर सिमेन्ट उद्योग आतङ्कित हुन आवश्यक नभएको बताएका हुन् ।

शुक्रबार राजधानीमा आयोजना भएको सिमेन्ट उद्योगमा विद्यमान समस्या र समधानका उपायहरु विषयक अन्तरक्रिया कार्यक्रममा उनले सो धारणा राखेका हुन् । उनले व्यवसायीकै प्रयासमा सिमेन्ट निर्यातमुखी भएकाले यसको निर्यात र यस क्षेत्रमा देखिएका समस्या समाधान आपसी सहमतिमा गर्न सकिने बताए ।

कार्यक्रममा नेपाल सिमेन्ट उत्पादक सङ्घका अध्यक्ष ध्रुव थापाले अझै पनि नेपाली सिमेन्ट उत्पादकहरु सरकारका ३८ ओटा निकायमा धाउनु पर्ने बाध्यता रहेको बताए । सरकारले एकद्वार प्रणाली लागू गरे पनि त्यसबाट व्यवसायीले लाभ लिन नसकेको उनले बताए । 

सो अवसरमा थापाले नेपालको सिमेन्ट उद्योगको समस्या र समाधानका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । 

कार्यक्रममा जग्गा, बिजुली, वनको समस्या र दोहोरो कर तिर्न बाध्य भएको व्यवसायीको भनाइ छ ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी उद्योग बाट थप

Top