मुक्तिनाथ विकास बैङ्क र विराटनगरस्थित सञ्जीवनी हस्पिटल र विराट आँखा हस्पिटलबीच सहकार्य

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ साउन २७, साेमबार,०५:०६:PM  
मुक्तिनाथ विकास बैङ्क र विराटनगरस्थित सञ्जीवनी हस्पिटल र विराट आँखा हस्पिटलबीच सहकार्य

काठमाडौं । मुक्तिनाथ विकास बैङ्कले विराटनगरस्थित सञ्जीवनी हस्पिटल तथा आईभीएफ सेन्टर प्रालि र विराट आँखा अस्पतालसँग बैङ्कका ग्राहकलाई हस्पिटलका विभिन्न सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिएकोे छ । 

उक्त सम्झौतापत्रमा सञ्जीवनी अस्पतालका तर्फबाट प्रबन्ध निर्देशक विनायक पन्त र विराट आँखा अस्पतालका तर्फबाट प्रबन्ध निर्देशक राजकुमार मण्डलसँग मुक्तिनाथ विकास बैङ्कका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत समीर शेखर बज्राचार्यले हस्ताक्षर गरेका हुन् । 

सम्झौतापश्चात् मुक्तिनाथ विकास बैङ्कका भिसा डेबिट कार्डवाहक ग्राहकले सञ्जीवनी अस्पताल र विराट आँखा हस्पिटल, विराटनगरमा उपचार गराउँदा विभिन्न सेवामा १५ प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी बैङ्किङ बाट थप

Top