फोहोर व्यवस्थापनमा सुधार नआएपछि अष्ट्रेलियाली प्रधानमन्त्री रुष्ट

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ साउन २८, मङ्गलबार,०३:४८:PM  
फोहोर व्यवस्थापनमा सुधार नआएपछि अष्ट्रेलियाली प्रधानमन्त्री रुष्ट

सिड्नी । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले देशमा प्लाष्टिकको पुनर्प्रयोगको मात्रा अन्त्यन्त न्यून भएकोमा रोष प्रकट गरेका छन् । प्लाष्टिकको पुनर्प्रयोगको मात्रा १२ प्रतिशत मात्रै भएको भन्दै उनी रिसाएको अधिकारीहरुले जनाएका छन् ।    
    
उनले प्लाष्टिकको पुनर्प्रयोगका लागि रचनात्मक काम गर्न दुई करोड अष्ट्रेलियाली डलरको कोष बनाइएको घोषणा पनि गरे । सिड्नीमा उनले बुधबार यो कोषसहितको परियोजनाको घोषणा गरेका हुन् ।    
    
प्रधानमन्त्री मोरिसनले अष्ट्रेलियाको फोहोर नष्ट गर्ने उद्योगहरु बन्द गर्ने आदेशको आवश्यकता भएको पनि बताउ । “हामीले आफ्ना सन्तान र हामी आफैंलाई पनि प्लाष्टिकको बोतल छुट्टै एकै ठाउँमा राख्नु पर्छ भन्नु पर्ने भएको छ,” उनले भने ।    
    
प्रधानमन्त्री मोरिसनले अगाडि भने, “एक पटक प्रयोग भइसकेका प्लाष्टिकका सामग्री फेरि प्रयोग गर्न मिल्ने बनाउन हामी सबैले प्रतिज्ञा गर्नुपर्ने छ ।”    
    
अष्ट्रेलियाबाट हरेक वर्ष १५ लाख टन कवाडी सामान अन्य देश पठाइने गरेको छ । त्यसमा प्लाष्टिक, सिसा, कागजलगायतका सामग्री रहेको उनले बताए ।    
    
“फोहोरलाई देशभित्रै व्यवस्थापन गर्नु हाम्रो पहिलो जिम्मेवारी हो,” प्रधानमन्त्री मोरिसनले भने । अष्ट्रेलियाको वातावरणको संरक्षण गर्नु नै यो घोषणाको मुख्य उद्देश्य भएको उनले बताए ।    रासस/सिन्ह्वा

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top