नविल बैङ्कको नाफा ४२९ करोड, ३१८ करोड सेयरधनीलाई लाभांश बाँड्न सक्ने

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ साउन २९, बुधबार,०७:४९:AM  
नविल बैङ्कको नाफा ४२९ करोड, ३१८ करोड सेयरधनीलाई लाभांश बाँड्न सक्ने

काठमाडौं । नविल बैङ्कले गत आर्थिक वर्षमा नाफा ७.८५ प्रतिशत मात्र बढाएको छ । गत वर्ष नविलले ४ अर्ब २९ करोड ४१ लाख रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा नविलले ३ अर्ब ९८ करोड १८ लाख रुपैयाँ नाफा गरेको थियो । 

गत वर्ष नविलले ३१ करोड २२ लाख रुपैयाँ मात्र नाफा बढाएको बुधबार सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ३ अर्ब १८ करोड ४६ लाख रुपैयाँ लाभांश वितरण गर्न सकिने नविलले जानकारी दिएको छ ।

गत वर्ष नविलले ७ अर्ब ३३ करोड ६० लाख रुपैयाँ खुदब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष ब्याज आम्दानी ६ अर्ब २६ करोड २० लाख रुपैयाँ थियो । गत वर्ष निष्क्रिय कर्जा अनुपात ०.२५ विन्दु प्रतिशत बढेर ०.७५ प्रतिशत विन्दुमा पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्र्जा ०.५० प्रतिशत विन्दुमा थियो । 

नविलको निक्षेप लागत ६.१३, सीसीडी ७२.९०, आधारदर ८ र स्प्रेडदर ४.४३ प्रतिशत छ । प्रतिसेयर आम्दानी ४७ रुपैयाँ ६५ पैसा  छ । सञ्चित कोषको आकार बढेर ९ अर्ब ३३ करोड २३ लाख रुपैयाँ पुगेको नविलले जनाएको छ । 

गत वर्ष नविलले १ खर्ब ६४ अर्ब ३७ करोड रुपैयाँ निक्षेप परिचालन गरी १ खर्ब २९ अर्ब २८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');