स्ट्याण्डर्ड चाटर्ड बैङ्कको नाफा २४९ करोड 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ साउन २९, बुधबार,०८:१३:AM  
स्ट्याण्डर्ड चाटर्ड बैङ्कको नाफा २४९ करोड 

काठमाडौं । स्ट्याण्डर्ड चाटर्ड बैङ्कको खुदनाफा १३.९४ प्रतिशत बढेको छ । गत आर्थिक वर्षमा बैङ्कले २ अर्ब ४९ करोड ५३ लाख रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा स्ट्याण्डर्डले २ अर्ब १८ करोड ९८ लाख रुपैयाँ नाफा गरेको थियो । 

गत वर्ष स्ट्याण्डर्डले नाफा ३० करोड ५३ लाख रुपैयाँ बढाएको बुधबार सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ । गत वर्षको नाफाबाट सेयरधनीलाई १ अर्ब ८० करोड २४ लाख रुपैयाँ लाभांश वितरण गर्न सक्ने बैङ्कले जनाएको छ । 

समीक्षा अवधिमा बैङ्कले ३ अर्ब ५२ करोड ३१ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैङ्कले ३ अर्ब २९ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको थियो । 

स्ट्याण्डर्डको निष्क्रिय कर्जा ०.१५, निक्षेप लागत ५.५०, सीसीडी ७३.१३, आधारदर ७.६३ र स्प्रेडदर ४.४५ प्रतिशत रहेको छ । प्रतिसेयर आम्दानी ३१ रुपैयाँ १५ पैसा र खुदसम्पत्ति १८७ रुपैयाँ छ । 

गत वर्ष स्ट्याण्डर्डले ७५अर्ब ७३ करोड रुपैयाँ निक्षेप परिचालन गरी ५३ अर्ब ११ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । सञ्चित कोषको आकार ५ अर्ब १७ करोड रुपैयाँ छ ।

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');