सनराइज बैङ्कले नाफा १७० करोड, आधारदर १०.३२ प्रतिशत 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ साउन २९, बुधबार,०८:२८:AM  
सनराइज बैङ्कले नाफा १७० करोड, आधारदर १०.३२ प्रतिशत 

काठमाडौं । सनराइज बैङ्कले नाफा १५.५७ प्रतिशत बढाएको छ । गत आर्थिक वर्षमा सनराइजले १ अर्ब ७० करोड ७० लाख रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा सनराइजले १ अर्ब ४७ करोड ६९ लाख रुपैयाँ नाफा गरेको थियो । 

गत वर्ष नाफा २३ करोड रुपैयाँ बढेको सनराइजले जनाएको छ । गत वर्षको नाफाबाट सेयरधनीलाई १ अर्ब ११ करोड ७७ लाख रुपैयाँ लाभांश वितरण गर्न सक्ने सनराइजले जानकारी दिएको छ । 

गत वर्ष बैङ्कले ३ अर्ब ५९ करोड रुपैयाँ खुदब्याज आम्दानी गरको छ । अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ८७ करोड रुपैयाँ गरेको थियो । निष्क्रिय कर्जा १ प्रतिशतमा झरेको सनराइजले जनाएको छ । 

यस्तै निक्षेप लागत ७.३३, सीसीडी ७५.५७, आधारदर १०.३२ र स्प्रेडदर ४.४४ प्रतिशत छ । सनराइजको सञ्चित कोष २ अर्ब ५८ करोड ७५ लाख रुपैयाँ पुगेको  वित्तीय विवरणमा उल्लेख छ । गत वर्ष ७५ अर्ब ४३ करोड रुपैयाँ निक्षेप परिचालन गरी ६८ अर्ब ८७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');