मेगा बैङ्कको नाफा साढे ३० प्रतिशत बढ्यो, गत वर्ष १७२ करोड

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ साउन २९, बुधबार,०८:४७:AM  
मेगा बैङ्कको नाफा साढे ३० प्रतिशत बढ्यो, गत वर्ष १७२ करोड

काठमाडौं । मेगा बैङ्कले नाफा साढे ३० प्रतिशत बढाएको छ । गत आर्थिक वर्षमा मेगाले १ अर्ब ७१ करोड ९२ लाख रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैङ्कले १ अर्ब ३१ करोड ७३ लाख रुपैयाँ गरेको थियो । 

मेगाले बुधबार सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरणमा खुदनाफा ४० करोड १९ लाख रुपैयाँ बढेको उल्लेख छ । गत वर्ष गरेको नाफाबाट सेयरधनीलाई  १ अर्ब ३५ करोड ८० लाख रुपैयाँ लाभांश वितरण गर्न सक्ने मेगाले जानकारी दिएको छ ।

मेगाको निष्क्रिय कर्जा ०.८६, निक्षेप लागत ७.६७, सीसीडी ७५.७९, आधारदर ९.९८ र स्प्रेडदर ४.७३ प्रतिशत रहेको छ । सञ्चित कोषको आकार १ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ छ ।

प्रतिसेयर आम्दानी १६ रुपैयाँ ५५ पैसा  छ । गत वर्ष मेगाले ७८ अर्ब ६८ करोड रुपैयाँ निक्षेप परिचालन गरी ६९ अर्ब ९८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top