एनसीसी बैङ्कको नाफा १५२ करोड, १२० करोड लाभांश बाँड्न सक्ने 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ साउन २९, बुधबार,०९:०९:AM  
एनसीसी बैङ्कको नाफा १५२ करोड, १२० करोड लाभांश बाँड्न सक्ने 

काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैङ्कले नाफा १३.८१ प्रतिशत मात्र बढाएको छ । एनसीसीले गत आर्थिक वर्षमा १ अर्ब ५२ करोड ६८ लाख रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा एनसीसीले १ अर्ब ३४ करोड १५ लाख रुपैयाँ नाफा गरेको थियो । 

एनसीसीले बुधबार सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरणमा नाफा १८ करोड ५३ लाख रुपैयाँ मात्र बढाएको छ । गत वर्ष गरेको नाफाबाट सेयरधनीलाई १ अर्ब १९ करोड ९७ लाख रुपैयाँ लाभांश दिन सक्ने एनसीसीले जनाएको छ । 

गत वर्ष एनसीसीले ३ अर्ब ८ करोड ८० लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा एनससीसीको ब्याज आम्दानी १ अर्ब ६१ करोड २६ लाख रुपैयाँ थियो । एनसीसीको निष्क्रिय कर्जा घटेर २.७८ प्रतिशत रहेको छ ।

निक्षेप लागत ७.४९, सीसीडी ७३.८४, आधारदर १०.२३ र स्प्रेडदर ४.७० प्रतिशत छ । एनसीसीको सञ्चित कोषमा ३ अर्ब ५९ करोड ५९ लाख रुपैयाँ रहेको छ । 

समीक्षा अवधिमा बैङ्कले ६७ अर्ब ३ करोड ५६ लाख रुपैयाँ निक्षेप परिचालन गरी ६१ अर्ब १३ करोड रुपैयाँ कर्जा प्रवाह गरको छ ।

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');