सगरमाथा आराेहण गराउने एजेन्सीकाे तीन वर्षकाे अनुभव हुनुपर्ने, बैङ्क ग्यारेन्टी अनिवार्य

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ साउन २९, बुधबार,०२:२८:PM  
सगरमाथा आराेहण गराउने एजेन्सीकाे तीन वर्षकाे अनुभव हुनुपर्ने, बैङ्क ग्यारेन्टी अनिवार्य

काठमाडौं । आठ हजारभन्दा अग्ला हिमाल आराेहण गराउने एजेन्सीलाई तीन वर्षकाे अनुभव चाहिने भएको छ । सगरमाथा हिमाल आराेहणका लागि काम गर्ने एजेन्सीकाे तीन वर्षे अनुभव भएपछि मात्र अनुमति दिइने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बनाएको छानबिन समितिले बुझाएको प्रतिवेदनमा अनुभव नभएका एजेन्सीलाई आराेहणका लागि अनुमति नदिन सुझाव दिएको हाे । मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायकाे संयाेजकत्वमा बनेको समितिले हिमाल आराेहण गराउने एजेन्सीले बैङ्क ग्यारेन्टी राख्नु पर्ने उल्लेख छ ।

सहसचिव उपाध्यायले हिमालमा ट्राफिक जाम नभई माैसममा आएकाे परिवर्तनका कारण एकै पटक धेरैले आराेहण गर्दा समस्या भएको बताए । हिमाल आराेहण गर्दा यास वर्ष धेरैले ज्यान गुमाएको भन्दै चाैतर्फी विराेध भएपछि मन्त्रालयले जेठ १४ गते छानबिन समिति बनाएको थियो ।

यास वर्ष ९ सय ६१ जनाले हिमाल आराेण गरेकाा थिए भने १५ जनाकाे ज्यान गएको थियो । सगरमाथा आराेहणका क्रममा ८ जनाकाे ज्यान गएको थियो ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top