श्री एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानका लागि पायो अनुमति, दुई देशका ५ सहरमा उडान गर्ने

account_box सुवास योञ्जन ,
प्रकाशित: २०७६ साउन २९, बुधबार,०४:१६:PM  
श्री एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानका लागि पायो अनुमति, दुई देशका ५ सहरमा उडान गर्ने

काठमाडौं । नेपालको निजी वायुसेवा कम्पनी श्री एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गर्न अनुमति पाएको छ । संस्कृति तथा पर्यटन मन्त्रालयले श्रीलाई विभिन्न भारत र बङ्गलादेशका ५ सहरमा उडान गर्न अनुमति दिएको हो ।

श्रीलाई भारतको नयाँ दिल्ली, कोलकाता, अहमदाबाद, बैङ्गलोर र बंगलादेशको ढाकामा उडान गर्न अनुमति दिइएको पर्यटनमन्त्री योगेश भट्टराईले क्यापिटल नेपाललाई जानकारी दिए ।  मन्त्रालयले उडान सञ्चालनका लागि अनुमति दिएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)बाट उडान अनुमति लिनु पर्छ ।

केही दिन अघिमात्र क्यानले अन्तर्राष्ट्रिय चार्टर उडानका लागि अनुमति दिएसँगै श्रीले भारतको बनारसमा साउन २७ गते परीक्षण उडान गरेको थियो ।

सेवा सुरु गरेको दुई वर्षमै श्री एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान सुरु गरेको हो । आन्तरिक बजारमा अब्बल देखिएको श्रीले अन्तर्राष्ट्रिय उडान गरेपछि भ्रमण वर्ष २०२० लाई थप सहयोग पुग्ने आशा गरिएको छ । 

बजारको मागलाई ध्यानमा राखेर भारत तथा बङ्गलादेशका केही सहरमा चार्टर उडान गर्ने श्रीले तयारी गरेको छ । उडानका लागि मागअनुसार ७० सिटे सीआरजे ७०० र ५० सिटे सीआरजे २०० लगायत दुवै जहाज प्रयोग गरिने एयरलाइन्सले जनाएको छ । 

नेपालसहित दक्षिण एसियाली मुलुकलाई मुख्य केन्द्रमा राखेर श्री एयरलाइन्सले आफ्नो सेवा थालेको थियो । मुलुक बाहिर भारत, बङ्गलादेश, चीन, मलेसियालगायत देशमा आफ्नो उपस्थिति दरिलो बनाउने उद्देश्यसहित श्री एयरलाइन्सले क्यानडाको बम्बार्डियर जहाज नेपाल ल्याएको हो । 

श्री एयरलाइन्सले जेटमार्फत अन्तर्राष्ट्रिय सेवा र टर्बोपोपमार्फत आन्तरिक सेवा दिने योजना बनाएको छ । श्रीसँग बम्बार्डिएरको ५० सिट क्षमताका २ ओटा र ७० सिट क्षमताका २ ओटा जहाज छन् । हाल नेपालबाट नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र बुद्ध एयरले अन्तर्राष्ट्रिय उडान गर्दै आएका छन् ।

 

सुवास योञ्जन

क्यापिटल नेपालका संवाददाता हुन्

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी पर्यटन बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');