एजेन्सी । १० हप्तादेखि हङकङमा सुपुर्दगी विधेयकविरुद्धको हिंसात्मक आन्दोलन चलिरहेको छ । यसबीच युवेन लोङ र नर्थ पोइन्ट यी दुई सहरले ठूलो क्षति र विद्रोहको साक्षी बन्नुपर्यो । सहरमा फैलिरहेका अशान्ति र जीउधनको असुरक्षाबाट भाग्न अहिले यहाँका बासिन्दाहरुले बसोबास गरिरहेको फ्ल्याटहरु घाटामा बिक्री गरिरहेका छन् ।
अगस्टमा हङकङभर हाउजिङ स्टेट्सको मूल्य तीन प्रतिशतले तल झरेको एजेन्ट बताउँछन् । ती एजेन्टहरुका अनुसार युवेनतिरका बिक्रेताहरुल्ले आफ्नो सम्पत्तिको मूल्य १० प्रतिशतले घटाएर बेचिरहेका छन् भने पूर्वी हङकङको नर्थ पोइन्टमा रहेका घरवालाहरुले ५ प्रतिशतले मूल्य घटाएर बिक्री गरिरहेका छन् ।
पाँच महिनासम्म रोकिएको हङकङको प्रोपर्टी बजार यसै वर्ष आएर पुनःस्थापना भएर तीव्र गतिमा बढिरहेको थियो । चीन–अमेरिका व्यापार युद्धबाट थलिएको अर्थतन्त्रमाथि सुपुर्दगी विधेयकविरुद्धधको हिंसात्मक विरोध थपिँदा यसले क्रेताहरुलाई ठूलो स्तरको खरिद गर्न निरुत्साहित गरेको छ । सेन्टालाइनको शीर्ष इन्डेक्स सेन्टा सीटीको रेकर्डअनुसार जुन अन्तिमदेखि अगस्ट ४ सम्म आइपुग्दा बजार १.१ प्रतिशतले झरेको देखिएको छ ।
‘यो जनलहर अगस्टमा पनि सेलाएर जाने कुनै सङ्केत देखिएको छैन । बरु त्यसको सट्टा थप यो तीव्र बन्दै गएको छ । यसले अर्थतन्त्रमा व्यापार युद्धले पारेको प्रभावमा थप चिन्ता थपेको छ ।’ रिकाकर्प प्रपर्टिजका प्रमुख कार्यकारी विल्ली लिउले भने, ‘बिक्रेताहरुले क्रेतालाई आकर्षित गर्न ठूलो छूट दिन बाध्य छन् ।’
विवादित सुपुर्दगी विधेयकको विरोध गर्न जुन ९ मा करिब १० लाख सङ्ख्यामा शान्तिपूर्ण तरिकाले सडक उत्रिएको जनलहरले बिस्तारै हिंसात्मक रुप लिँदै प्रहरी स्टेसन, सपिङ सेन्टर, वाणिज्य क्षेत्र र हङकङ विमानस्थलसम्मका ठाउँमा वितन्डा मच्चाउँदै गयो ।
हङकङकी प्रमुख कार्यकारी क्यारी ल्याम चेङ युट एनगोरले उक्त विधेयकलाई मृत घोषित गरिसकिन् । यद्यपि त्यसलाई फिर्ता लिन आनाकानी गरेपछि त्यसले हङकङको विरोधमा थप घिउ थप्यो । त्यस सहरको मुड निराशाजनक बनाउँदै, खुद्रा उपभोग, स्टक बजार ट्रेडिङ र प्रोपर्टी सेल्सलाई खुम्च्यायो ।
युवेन लोङस्थित ट्विन रिजेन्सीको एउटा ३ सय वर्गफुटको फ्ल्याट हालै मात्र ४४ लाख ८० हजार हङकङ डलरमा बिक्री भएको छ, जुन बजारको मूल्यभन्दा १० प्रतिशत तल हो । चीनका नागरिक ती प्रपर्टी मालिकले स्ट्याम्प ड्युटी र अन्य खर्चलाई गरेर तीन लाख हङकङ डलरको घाटा बेहोर्नुपरेको मिडल्यान्ड रियल्टीका वरिष्ठ सेल्स म्यानेजर केभिन चियुङले बताए । बजारको मूल्य १० प्रतिशतले ओरालो लाग्दै गर्दा अन्य प्रोपर्टी मालिक पनि आफ्नो प्रोपर्टी बिक्री गर्न बाध्य भएको उनले बताए ।
शङ्कास्पद ट्रायड सदस्यले प्रदर्शनकारीहरुसँग झपड परेको नर्थ पोइन्टमा प्रोपर्टी विक्रीमा त्यस्तै प्रकारको छूट प्रदान गरिरहेको छ ।
यी दुई सहरबाहेक अन्य क्षेत्रमा पनि मूल्य ओरालो लागेका खबर आएका छन् । वान चाईस्थित लकहार्ट सडकमा रहेको एउटा ८५ वर्गफिटको पसल हालै ४० लाख हङकङ डलरमा बिक्री भएको छ । एजेन्टहरुका अनुसार ६ वर्षमा यसमा ५६ प्रतिशतको घाटा भएको छ ।
यस्तै ताइवाईको फेस्टिभल सिटीमा रहेको एउटा ९५८ वर्गफिटको फ्ल्याट एक करोड ४५ लाख हङकङ डलरमा बिक्री भएको छ । जुलाईको बजार मूल्यभन्दा यो १५ प्रतिशतले घटेर बिक्री भएको हो ।
यसबीच प्रदर्शनकारीहरुले होटल, खुद्रा र उड्डयनलगायत क्षेत्रहरुमा कर लेभी उठाउन सुरु गर्दा पनि हङकङका वाणिज्य बैङ्कले धरौटी रेटमा ग्राउन्ड होल्ड गरिरहेको छ ।
हाङ सेन बैङ्कले हिबर लिङ्क ऋणको धरौटी रेट बढाउनुका साथै क्यास रिबेट्सहर कटौती गरेको छ । एचएसबीसीको पदचाप पछ्याउँदै बैङ्कले यस्तो गरेको हो । बितेका दुई महिनामा यस्तो दुई पटकसम्म गरिएको छ ।
स्टारप्रो एजेन्सीका व्यवस्थापक निर्देशक रेमोन्ड चोङले भूमण्डलीय आर्थिक अनिश्चितता र हङकङमा देखिएको हालको गतिरोधले प्रमुख बैङ्कहरुले एचएसबीसीलाई बिस्तारै फलो गर्न सक्ने बताउँछन् ।
‘बैङ्कका बचत र फन्डहरु हङकङबाट बाहिरिएर जान सक्ने अपेक्षा गरिएको छ । यसैले जोखिम व्यवस्थापन गर्न बैङ्कहरुले धरौतीको रेट र क्यास रिबेटलाई टाइट बनाउँदै थप धरौती ऋणको अनुपात घटाउँदै छ,’ चोङले भने ।
आर्थिक सुस्तताको अर्को सङ्केत भनेको हालैका लिलामीहरुमा फोरक्लोज्ड प्रोपर्टिजका क्रेताहरु छैनन् । सीएस अक्सनर्स र मिमफस वङ अक्सनर्सले अफर गरेको फ्ल्याट, पसल, ल्यान्ड पार्सल र औद्योगिक युनिटहरुलगायत ४० प्रोपर्टीहरु अझै पनि बिक्री हुन सकेका छैनन् ।