धादिङको गोइराङ निमाविको कथा, जहाँ खाली खुट्टा र फाटेका लुगा लाई विद्यार्थी पढ्न आउँछन् (फोटो फिचर)

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ भदाै १७, मङ्गलबार,०१:२६:PM  
धादिङको गोइराङ निमाविको कथा, जहाँ खाली खुट्टा र फाटेका लुगा लाई विद्यार्थी पढ्न आउँछन् (फोटो फिचर)

काठमाडौं । काठमाडौंसँगै जोडिएको धादिङको जोगिमारा गाउँपालिका–१० मा रहेको गोइराङ निम्न माध्यमिक विद्यालयमा दुई सय विद्यार्थी पढ्ने गरेका छन् । 

धादिङ सडकखण्डअन्तर्गत पृथ्वी राजमार्गभन्दा तीनचार घण्टाको पैदल यात्रापछि सो विद्यालयमा पुग्न सकिन्छ । राजमार्ग र काठमाडौंले दशकौं अघि पछाडि छाडेर गएझैं लाग्ने यो स्थान र यहाँको गोइराङ विद्यालयभित्र धराशायी भित्ताहरु र केही टुटेफुटेका डेस्कबेन्च छन् । 

विद्यार्थीको अनुपातमा अति थोरै मात्र शिक्षकशिक्षिका छन् । जीवनमा केही नौलो परिवर्तनको आशा बोकेर घण्टौं दूरी तय गरेर विद्यार्थीहरु यहाँ पढन आउँछन् । उनीहरु कतिपय नाङ्गै खुट्टा, फाटेका कपडा, बिनाझोला काँधमा किताबको भारी बोकेर लस्करै कठिन उकालो र ओरालो हिँडेर स्कुल आइपुग्छन् । 
पढनका लागि पूर्वाधार पनि पर्याप्त छैनन् । बस्नलाई डेस्कबेन्चका अस्थिपन्जर मात्र छन् । कोही त्यसमै बस्छन्, कोही भुइँमा । शिशु केन्द्रदेखि कक्षा ८ सम्म पठनपाठन हुने उक्त विद्यालयमा करिब दुई सय विद्यार्थी अध्ययनरत छन् । साबिकको जोगिमारा गाउँ विकास समितिसहित वरिपरिका अन्य गाउँको पहुँचमा भएको एउटै मात्र निम्न माध्यमिक विद्यालय हो यो । 

सरकारले पाठयपुस्तक उपलब्ध गराएको छ । तर कापीकलम भने विद्यार्थीहरु आफंैले खरिद गर्नुपर्छ । खर्च धान्न नसक्ने परिवारका छोराछोरीले एउटै कपीले वर्षभर थेग्नुपर्ने बाध्यता पनि छ । 


तस्बिर तथा शब्द : उम्मिद शाक्य

 


 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');