सुन्दर यातायातले सञ्चालनमा ल्यायो होम चार्जिङ मेसिन, २३ गतेदेखि बिजुली बस

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ भदाै १७, मङ्गलबार,०३:१२:PM  
सुन्दर यातायातले सञ्चालनमा ल्यायो होम चार्जिङ मेसिन, २३ गतेदेखि बिजुली बस

काठमाडौं । सुन्दर यातायातले पहिलो पटक विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ । मङ्गलबार चाबहिलस्थित भत्केको पुलमा ऊर्जा सचिव दिनेशकुमार घिमिरेले चार्जिङ स्टेसन उद्घाटन गरेका छन् । 

सुन्दर यातायातले भदौ २३ बाट बिजुली सञ्चालन गर्दै छ । भृकुटीमण्डमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले बिजुली बस उद्घाटन गर्ने कार्यक्रम रहेको प्रालिका अध्यक्ष भेषबहादुर थापाले बताए ।

तत्कालका लागि आफ्नो होम चार्जिङमार्फत बिजुली चार्ज गरिने उनले जानकारी दिए । अन्य सुकेधारा र सीतापाइलामा पनि छिट्टै चार्जिङ स्टेसन सञ्चालन गर्ने थापाको भनाइ छ । सुन्दर यातायातले तत्काल ५ वटा बस तयारीको अवस्थामा राखेको छ । 

सुन्दर यातायातले अन्य सार्वजनिक यातायातको तुलनामा ५ रुपैयाँ छूटमा सेवा दिने बताएको छ । बिजुली बसमा धेरै सुविधा हुने जनाइएको छ ।
 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');