एलजीका तीन ओटा अत्याधुनिक टीभी लन्च, मूल्य २ देखि ८ लाखसम्म

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ भदाै १७, मङ्गलबार,०४:४८:PM  
एलजीका तीन ओटा अत्याधुनिक टीभी लन्च, मूल्य २ देखि ८ लाखसम्म

काठमाडौं । सीजी इलेक्ट्रोनिक्सले मङ्गलबार एलजीका तीन ओटा टेलिभिजन नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले एलजी ओलेड, एलजी नानो सेल एआई थिङ्क र एलजी यूएचडी एआई थिङ्क सार्वजनिक गरेको हो । 

कम्पनीले सार्वजनिक गरेको एलजी ओलेड टीभी सबैभन्दा अत्याधुनिक र नवीन प्रविधिको टेलिभिजन हो । यसको मोटाइ ४.३३ एमएम छ । यसलाई एकदमै हलुका र पातलो बनाइएको छ । 

यस्तै एलजीको एआई थिङ्कले गुगल असिस्टेन्ट र अमेजन एलेक्सा जस्ता सुविधा दिन्छ । यसमा अल्फा नाइन जेन टु प्रोसेसर प्रयोग गरिएको छ, जसले टीभीका हरेक गतिविधि नियन्त्रण गर्दछ । यसमा फोर के एक्टिभ एचडीआर पनि छ, जसले दृश्यलाई अनुकूलन गर्दछ र चित्रको गुणस्तर बढाउँछ ।

नानो सेल प्रविधिको विस्तृत रङ छनोटले यसको रङ उन्नत गर्दछ साथै हेर्न फराकिलो कोण दिन्छ । यसले जुन कोणबाट हेरे पनि उत्कृष्ट दृश्य दिन्छ । यो एकनासको आकारको छ र यसले दृश्यको भिन्न अनुभव र गुणस्तर सुनिश्चित गर्छ । एलजीको यूएचडी टीभी विशेष तरिकाले बनइएको छ । यसको आईपीएम फोरके डिस्प्ले फराकिलो कोणबाट स्पष्ट र जीवन्त चित्र प्रदर्शन गर्दछ ।

कम्पनीले सार्वजनिक गरेका यी तीन ओटा टेलिभिजनमध्ये ओलेड एआई थिङ्कको मूल्य ७ लाख ९९ हजार ९ सय ९० रुपैयाँ पर्ने बताइएको छ । यस्तै एलजी नानो सेल ४ लाख ५३ हजार २ सय ९० रुपैयाँ र यूएचडी एआई थिङ्क २ लाख ५३ हजार ९० रुपैयाँमा किन्न सकिने छ ।  

सीजीका प्रोडक्ट लन्चको कार्यक्रममा बोल्दै सीजी कर्प ग्लोबलका व्यवस्थापक निर्देशक निर्वाण चौधरीले वल्र्ड क्लास प्रोडक्ट र प्रविधिलाई महँगै मूल्य भए पनि भित्र्याउन कम्पनीले काम गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी सूचना प्रविधि बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');