गत आवमा ब्रोडब्यान्ड इन्टरनेट प्रयोगकर्ता २९.७७ प्रतिशतले बढे

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ भदाै १८, बुधबार,०५:३५:PM  
गत आवमा ब्रोडब्यान्ड इन्टरनेट प्रयोगकर्ता २९.७७ प्रतिशतले बढे

काठमाडौं । गएको आर्थिक वर्ष २०७५/७६ मा ब्रोडब्यान्ड इन्टरनेटका प्रयोगकर्ता १ करोड ९४ लाख ४१ हजार ७ सय १० पुगेका छन् । यो सङ्ख्या अघिल्लो आव २०७४/७५ को तुलनामा ४४ लाख ६० हजार एक सय ३० ले बढी हो । 

नेपाल दूरसञ्चार प्राधिकरणले हालै सार्वजनिक गरेको गत आवको एमआईएस रिपोर्टले ब्रोडब्यान्ड इन्टरनेट प्रयोगकर्ताको सङ्ख्यामा २९.७७ प्रतिशतले वृद्धि भएको देखाएको हो । 

ब्रोडब्यान्ड इन्टरनेटतर्फ सबैभन्दा धेरै मोबाइल ब्रोडब्यान्डका एक करोड ५२ लाख ४० हजार ५ सय ३४ प्रयोगकर्ता छन्, जुन समग्रको ५१.६४ प्रतिशत हो । यो सङ्ख्या अघिल्लो आव २०७४/७५ मा एक करोड १६ लाख ५८ हजार ९ सय ८७ थियो । 

यस्तै फिक्स्ड वायर ब्रोडब्यान्ड इन्टरनेट प्रयोगकर्ता पनि बढेर ३९ लाख ५७ हजार ६ सय २९ जना पुगेका छन् । यो समग्रको १३.४१ प्रतिशत हो । यो सङ्ख्या अघिल्लो आवमा ३० लाख १९ हजार १ सय ३५ थियो ।

यस्तै वायरलेस फिक्स्ड ब्रोडब्यान्ड प्रयोगकर्ताको सङ्ख्या बढेर २ लाख ४३ हजार ५ सय ४७ पुगेको छ । यो समग्र सङ्ख्याको ०.८३ प्रतिशत हो । यसअघिको आवमा उक्त सङ्ख्या ३ लाख ३ हजार ४ सय ५८ थियो । 

ब्रोडब्यान्ड सेवामा सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीका ९४ लाख १२ हजार ४ सय ६७ प्रयोगकर्ता छन् भने दोस्रोमा निजी दूरसञ्चार कम्पनी एनसेलका ६७ कलाख ६९ हजार ९६ प्रयोगकर्ता छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');