सहकारी संस्थाले १६ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने : आइतबारबाट लागू हुने 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ भदाै २०, शुक्रबार,०४:४८:PM  
सहकारी संस्थाले १६ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने : आइतबारबाट लागू हुने 

काठमाडौँ । सहकारी संस्थाहरुले अब १६ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने भएका छन् । मुलुकभरिका संहकारी संस्थाहरुले बढी ब्याज लिएको गुनासो आइरहेकाले सरकारले ब्याजदरमा सीमा तोकेको हो । 

शुक्रबार सहकारी विभागले पत्रकार संमेलन गरी मुलुकभरि नै लागू हुने गरी १६ प्रतिशतभन्दा बढी लिन नपाइने गरी ब्याजदरमा सीमा तोकेको हो । विभागका रजिस्ट्रार डा. टोकराज पाण्डेले सरकारले तोकेको ब्याजदर कार्यान्वयन नगर्ने सहकारी संस्थाहलाई कानुनबमोजिम कारबाही गरिने बताए । 

उनले बचतमा भारित औसत ब्याजदरभन्दा सामान्यतया बढी, ऋणमा भारित औसत ब्याजदरभन्दा सामान्यता घटी र बचत र ऋणको ब्याजदरको अन्तर ६ प्रतिशतभन्दा घटी हुने गरी ब्याजदर निर्धारण गरिएको बताए । 

हाल नेपालभरि ३४ हजारभन्दा बढी सहकारी संस्था सञ्चालनमा छन् । 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top