सिटिजन्स बैङ्कले सेयरधनीलाई दशैअघि नै लाभांश बाँड्ने, असोज १० मा साधारणसभा 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ भदाै २२, आइतबार ,११:३७:AM  
सिटिजन्स बैङ्कले सेयरधनीलाई दशैअघि नै लाभांश बाँड्ने, असोज १० मा साधारणसभा 

काठमाडौं । सिटिजन्स बैङ्कका सेयरधनीले दशैं अगावै लाभांश पाउने भएका छन । सिटिजन्सले असोज १० गते १३ औं वार्षिक साधारणसभा बोलाएको छ । सिटिजन्सको शुक्रबार बसेको सञ्चालक समिति बैठकले असोज १० मा साधारणसभाको निर्णय गरेको हो । 

सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई नगद र बोनस सेयर गरी १५ प्रतिशत  १ अर्ब २५ करोड रुपैयाँ लाभांश दिने प्रस्तावलाई स्वीकृत गर्ने छ । बैङ्कले सेयरधनीलाई १२ प्रतिशत अर्थात १ अर्ब ४ लाख रुपैयाँ नगद लाभांश र ३ प्रतिशत अर्थात २५ करोड ११ लाख रुपैयाँ बराबरको बोनस सेयर दिने छ । 

बैङ्कलाई अन्य बैङ्क तथा वित्तीय संस्थासंग मर्जर र एक्विजिसनमा जानका लागि चलअचल सम्पत्ति तथा दायित्व मूल्याँकन (डीडीए) गर्नका लागि निर्णय गर्ने अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव सभाले पारित गर्ने बैङ्कले जनाएको छ । 

सभामा पुँजीवृद्धिको प्रस्ताव पनि पेश हुने भएको छ । समूह क वर्गबाट ३ र ख वर्गबाट १ गरी ३ जना सञ्चालकको निर्वाचन हुने बैङ्कले जनाएको छ ।  सूचना हेर्न यहाँ क्लिक गर्नुहोस । 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');