उपत्यकाका चार नयाँ सहर निर्माण : तिहारपछि दुई ओटाको डीपीआर तयार हुने

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ भदाै २२, आइतबार ,०४:२६:PM  
उपत्यकाका चार नयाँ सहर निर्माण : तिहारपछि दुई ओटाको डीपीआर तयार हुने

काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले उपत्यकामा चार नयाँ सहर निर्माण कार्यलाई तीव्रता दिएको छ । निर्माण हुन लागेका नयाँ सहरमध्ये भक्तपुर र ललितपुरको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार हुनै लागेको प्राधिकरणले बताएको छ ।

यी दुई नयाँ सहर १० हजार रोपनी क्षेत्रफलमा निर्माण हुने छन् । असार महिनाभित्रै सम्पन्न हुने भनिएता पनि  विभिन्न समस्याले अहिलेसम्म यसको प्रारम्भिक प्रतिवेदन मात्र आएको छ । यसको डीपीआरको काम ९५ प्रतिशत सकिन लागेको प्राधिकरणले जनाएको छ । निर्माण हुन लागेका चार नयाँ सहरमध्ये भक्तपुर र ललितपुरको काम तिहारपछि सुरु हुने भएको प्राधिकरणले जनाएको छ ।

नयाँ सहरको प्रारम्भिक प्रतिवेदन आए पनि यसमा सम्पूर्ण प्रक्रिया पूरा नभई नक्सा बनाउँदा समस्या आएको छ । यसलाई प्राधिकरणले पूर्ण चेकजाँचको लागि पठाएको उपत्यका विकास प्राधिकरणका प्रवक्ता केशव न्यौपानेले बताए ।

उनले भने, ‘प्रारम्भिक प्रतिवेदनलाई नै आधिकारिक लिँदा पनि हुन्थ्यो, तर यसमा केही कमजोरी देखिएकाले यसलाई चेकजाँच गरी पूर्णरुपमा तयार पारेर मात्र मन्त्रालय पठाउने र मन्त्रालयबाट स्वीकृत भएर आएपछि सहर निर्माणको काम अगाडि बढाउँछौं ।’

निर्माण हुन लागेका चार नयाँ सहरमध्ये दुई ओटा स्र्माट सिटी ५०/५० हजार गरी एक लाख रोपनीमा बन्न लागेकाले यसको डीपीआर अक्टोबरसम्म सकिने प्राधिकरणका सहरी योजनाकार भागवतभक्त खोखालीले बताए ।

मन्त्रालयबाट स्वीकृत भएर आएपछि १०÷१० हजार रोपनीका दुई ललितपुर र भक्तपुरका सहर आगामी ३ वर्षभित्र सम्पन्न हुने छन् । काठमाडौंमा बन्ने दुवै स्मार्ट सिटी भने आगामी ५ वर्षभित्र निर्माण गरिसक्ने तयारीमा प्राधिकरण रहेको बताइएको छ । 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');