यातायात व्यवसायीका रोक्का रहेका बैङ्क खाता खुले

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ भदाै २३, साेमबार,०६:५०:PM  
यातायात व्यवसायीका रोक्का रहेका बैङ्क खाता खुले

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले एक वर्ष रोकेको यातायात व्यवसायीका बैङ्क खाता खुला गरेको छ । राष्ट्र बैङ्कले सोमबार बैङ्क तथा वित्तीय संस्थाका नाममा सूचना जारी गर्दै यातायात व्यवसायीका खाता खुला गर्न भनेको छ । 

सरकारले गत चैतमा यातायात क्षेत्रमा लामो समयदेखि रहेको सिन्डीकेट अन्त्य गर्ने घोषणा गरेसँगै यातायात समितिका नाममा भएका बैङ्क खाताहरु पनि रोक्का गरेको थियो । 

सिन्डीकेटको अन्त्यसँगै सरकारले यातायात समितिलाई कम्पनीमा जान अनिवार्य गरेको थियो । त्यसयता यातायात व्यवसायी तथा त्यससँग सम्बन्धित समितिहरु कम्पनीमा गएपछि सरकारले बैङ्क खाता खोल्ने निर्णय गरेको हो । 

राष्ट्र बैङ्कले साबिक याायात व्यवसायी समितिका नाममा रहेको चल अचल सम्पत्ति (बैङ्क खातामा रहेको रकम) त्यस्ता समितिहरु कम्पनीमा दर्ता भई रुपान्तरण भएको हकमा रुपान्तरित कम्पनीको खातामा सार्ने व्यवस्था गरेको राष्ट्र बैङ्कले जनाएको छ । राष्ट्र बैङ्कका अनुसार प्रदेश १ का ३२ ओटा, प्रदेश २ का १० ओटा, प्रदेश ३ का ११८ ओटा, प्रदेश ४ का २४ ओटा, प्रदेश ५ का ५० ओटा, प्रदेश ६ का १२ ओटा र प्रदेश ७ का ९ ओटा गरी कुल २ सय ४५ ओटा खाता खुला गरेको छ ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');