भ्रमण वर्षको पूर्वसन्ध्यामा पर्यटन बोर्डको पहल : नेपाल चिनाउने वेबसाइट 'फोटोनेपाल'

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ भदाै २४, मङ्गलबार,०५:१९:PM  
भ्रमण वर्षको पूर्वसन्ध्यामा पर्यटन बोर्डको पहल : नेपाल चिनाउने वेबसाइट 'फोटोनेपाल'

काठमाडौं । फोटोमार्फत नेपाल चिनाउने उद्देश्यले नेपाल पर्यटन बोर्डले फोटोनेपाल डट ट्राभल नामक वेबसाइट सञ्चालनमा ल्याएको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सो वेबसाइट शुभारम्भ गरेका हुन् । 

वेबसाइटको शुभारम्भ गर्दै मन्त्री भट्टराईले भ्रमण वर्षको तयारीलाई फोटोनेपाल डट ट्राभलले सहयोग पुग्ने अपेक्षा राखेका छन् । उनले देश तथा विदेशमा रहेकाहरुले वेबसाइटमा राखेका फोटोले ठूलो महत्त्व दिने बताए । 

नेपाल पर्यटन बोर्डले विगत चार वर्षदेखि नियमितरुपमा फोटोनेपाल प्रदर्शनीको आयोजना गरिरहेको छ । बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले वेबसाइट सुरु भएसँगै फोटोमार्फत देशको प्रवर्ध्दन गर्ने बोर्डको अभियान अर्को चरणमा प्रवेश गरेको बताए । 

यस्ता छन् विशेषताः

फोटोग्राफरका लागि यो वेबसाइट आफ्ना तस्बिर प्रदर्शन गर्ने राम्रो प्लेटफर्म हो । विज्ञ तथा वरिष्ठदेखि लिएर नवसिकारुसम्मलाई फोटो देखाउन र प्रतिक्रिया लिन सहज हुने छ । नेपालका विविध फोटोहरु खोज्न सहज हुने छ भने वेबसाइटमा भएको सर्च फिचर प्रयोग गरेर आफूलाई चाहेको फोटो खोज्न सकिन्छ । यस्तै फोटोहरुलाई सामाजिक सञ्जालमा सेयर गर्न पनि सकिन्छ । 

विषयवस्तुको अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्न सकिने प्लेटफर्म मात्र नभएर पर्यटन बोर्डले समयसमयमा आयोजना गर्ने प्रतिस्पर्धात्मक कार्यक्रममा भाग लिन मिल्ने छ । यस्तै साइटमा रहेका कुनै पनि कन्टेन्ट तुरुन्तै उपलब्ध हुने, प्रयोगकर्ता तथा फोटोको आवश्यकता भएका व्यक्तिबीच सिधै सम्बन्ध स्थापित गरिएको छ ।

यो वेबसाइट दैनिक ५ हजारभन्दा बढीले हेर्न सक्छन् भने दैनिक साइनअप ५० प्लस छ । अहिले वेबसाइटमा एक हजार फोटा छन् ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');