विराटचोक–घिनाहाघाट चार लेन सडकको शिलान्यास

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ भदाै २४, मङ्गलबार,०५:५४:PM  
विराटचोक–घिनाहाघाट चार लेन सडकको शिलान्यास

विराटनगर । प्रदेश १ सरकारको गौरवको आयोजनाका रुपमा रहेको मोरङको विराटचोक–घिनाहाघाट चार लेन विस्तारित सडकको ग्रामथान गाउँपालिकामा शिलान्यास गरिएको छ ।    

एक अर्ब ४० करोड रूपैयाँको लागतमा २२ दशमलव सात किलोमिटरको सो सडकको निर्माण ठेक्का श्रेष्ठ निर्माण कम्पनी र एपेन्स रमण निर्माण सेवाले प्राप्त गरेका छन् । सो सडक विसं २०७८ असार मसान्तसम्मा निर्माण सम्पन्न गरी हस्तान्तरण गर्नुपर्ने ठेक्का सम्झौतामा उल्लेख गरिएको छ ।    
    
मोरङको विराटनगर महानगरपालिकाको पुष्पलालचोक हुँदै झोराहाट, ग्रामथान गाउँपालिकाको नेताचोक, हरैचा हुँदै पूर्वपश्चिम राजमार्गको सुन्दरहरैचा नगरपालिकाको विराटचोकमा गएर सडक जोडिन्छ ।    
    
मुख्यमन्त्री शेरधन राईले यो सडक निर्माणबाट मोरङ, झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लासम्मका जनतालाई आवातजावतमा सुविधा पुग्ने विश्वास व्यक्त गरे । उनले निर्माण गरिने सडकमा गुणस्तरीय सामग्रीको प्रयोग र समयमा सम्पन्न गर्न निर्माण कम्पनीलाई सचेत गराएका छन् ।    रासस

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी पूर्वाधार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');