नाराको अध्यक्षमा नेपाल निर्वाचित

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ भदाै २४, मङ्गलबार,०६:४२:PM  
नाराको अध्यक्षमा नेपाल निर्वाचित

काठमाडौँ । साहसिक जलयात्रा पर्यटन व्यवसायीको संस्था नेपाल एसोसिएशन अफ र्याफ्टिङ एजेन्सिज (नारा)को अध्यक्षमा गङ्गाप्रसाद नेपाल निर्वाचित भएका छन् । नाराको आज सम्पन्न ३१औँ साधारणसभा तथा निर्वाचनमा अर्का उम्मेदवार कमलबहादुर ठकुरीलाई हराउँदै नेपाल निर्वाचित भएका हुन् । नेपालले ३७ मत प्राप्त गरे भने ठकुरीले २५ मत प्राप्त गरे ।    
    
यस्तै उपाध्यक्षमा मेघबहादुर आले, महासचिवमा शिशिर खनाल, सचिवमा इन्द्रबहादुर राना, कोषाध्यक्षमा रीता अधिकारी र सहकोषाध्यक्षमा नारायण श्रेष्ठ निर्वाचित भएका छन् । यस्तै सदस्यमा इन्दुदेवी वाग्ले, राजेन्द्र थपलिया र गोपाल राना विजयी भएका छन् । नाराका ८५ वटा कम्पनीमध्ये निर्वाचनमा भने ६७ कम्पनीका प्रतिनिधिले मतदान गरेका थिए ।   रासस

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');