नेपालको सुचनाप्रविधिको विकासका लागि भारतसँग सहकार्य आवश्यक– महासंघ अध्यक्ष राणा

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ भदाै २५, बुधबार,०४:३९:PM  
नेपालको सुचनाप्रविधिको विकासका लागि भारतसँग सहकार्य आवश्यक– महासंघ अध्यक्ष राणा

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष भवानी राणाले नेपालको सुचना प्रविधिको विकासका लागि भारतसँग सहकार्य गरेर अगाडी बढ्दा फाइदा हुने बताएकी छिन् । 

बुधबार राजधानीमा महासंघ र भारतको टाइम्स अफ इन्डिया गु्रपको आयोजनामा भएको प्रविधिका लागि साझेदारी विषयक सम्मेलनमा अध्यक्ष राणाले सम्बोधन गर्दै भारतले पछिल्लो पटक प्रविधिमा मारेको फड्कोलाई नेपालले पनि फाइदा लिनुपर्ने बताएकी हुन् । 

‘नेपालले भारतसँग सहकार्य र साझेदारी गरेर अगाडी बढेमा सुचना प्रविधिमा नेपालले पनि भारतको जस्तै फड्को मार्न सक्छ,’ उनले भनिन् । नेपालमा अझ बढि सुचना प्रविधिमा काम गर्नुपर्ने भएकाले नेपालले तीव्र गतिमा काम गर्नु आवश्यक रहेको उनले बताइन् । ‘हामीकहाँ यो विषयमा भारतमा भन्दा पनि म्यानपावर लागत कम छ, हामीले झन बढि काम गर्न सक्छौं,’ उनले भनिन् । 
 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी उद्योग बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');