कोरिया र भारतमा खाता खोल्न यूकेएड सक्षमसँग प्रभु बैङ्कको सहकार्य : करिब २१ हजार नेपालीको खाता खोलिने 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ भदाै २५, बुधबार,०५:१७:PM  
कोरिया र भारतमा खाता खोल्न यूकेएड सक्षमसँग प्रभु बैङ्कको सहकार्य : करिब २१ हजार नेपालीको खाता खोलिने 

काठमाडौं । प्रभु बैङ्कले दक्षिण कोरिया र भारतमा रहेका नेपालीहरुको बैङ्क खाता खोल्ने भएको छ । बैङ्कले कोरिया र भारतमा रहेका नेपालीको खाता खोल्न बुधबार यूकेएड सक्षमसँग सहकार्य गर्ने सम्झौता गरेको छ । 

समझदारी पत्रमा बैङ्कका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र सक्षमका टोली प्रमुख निर्मल दाहालले हस्ताक्षर गरेका छन् । 

सम्झौताअनुसार, बैङ्कले बचत खाताका साथै नेपालमा रहेका उनीहरुको परिवारमध्ये ६ सयलाई ऋण लगानीसमेत गर्ने भएको छ । प्रभु बैङ्कले विदेश गएका नेपालीहरुको ‘पोर्टफोलियो’ व्यवस्थानका लागि वैदेशिक रोजगार बचतपत्र खरिद गर्न प्रोत्साहन गर्ने जनाएको छ । त्यस्तै, बिमालेख खरिदका लागि समेत प्रोत्साहन गर्ने भएको छ । 

वैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई सरकारको ब्याज अनुदानको ऋण उपलब्ध गराएर उद्यमशीलता विकास गर्न पनि बैङ्कले सहयोग गर्ने बताएको छ । यस परियोजनाका लागि सक्षमले १० करोड रुपैयाँ सहयोग गरेको छ । परियोजना १८ महिनाभित्र पूरा हुने बताएको छ । 

कार्यक्रममा नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर शिवराज श्रेष्ठले रेमिटेन्स भित्र्याउँदा कुल रकमको १.७ प्रतिशत खर्च लाग्ने तथा यसलाई घटाउँदै औपचारिक माध्यमबाट रेमिटेन्स भित्र्याउन सबैले सहयोग गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');