विश्व अर्थतन्त्रको सेन्ट्रल ग्राभिटी पूर्वी एसियातिर सिफ्ट हुँदैछ : पूर्व उपाध्यक्ष स्वर्णिम वाग्ले

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ भदाै २५, बुधबार,०६:२०:PM  
विश्व अर्थतन्त्रको सेन्ट्रल ग्राभिटी पूर्वी एसियातिर सिफ्ट हुँदैछ : पूर्व उपाध्यक्ष स्वर्णिम वाग्ले

काठमाडौं । विश्व अर्थतन्त्रको सेन्ट्रल ग्राभिटी पूर्वी एसियातर्फ सिफ्ट भइरहेको योजना आयोगका पूर्व उपाध्यक्ष स्वर्णिम वाग्लेले बताएका छन् । सन् १९१८ को समयमा मध्यअटलान्टिकको पश्चिम युरोप र अमेरिकामा केन्द्रित अर्थतन्त्रको ग्राभिटी चीनको उदयसँगै पूर्वी एसियातिर सिफ्ट भएको उनले बताए । 

नेपाल उद्योग परिसङ्घ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले संयुक्तरुपमा आयोाजना गरेको तेस्रो पूर्वाधार सम्मेलनको पूर्वाधार तथा क्षेत्रीय कनेक्टिभिटी सत्रमा बोल्दै उनले त्यस्तो बताएका हुन् । 

विश्व अर्थतन्त्रको सेन्ट्रल ग्राभिटी पूर्वी एसियातर्फ सिफट हुँदै गएको अवस्थामा यसले भारत, चीन र दक्षिण एसिया उदाउँदा अर्थतन्त्रका रुपमा देखिएको बताए । 

वर्तमान समयमा कनेक्टिभिटी मुलुक विकासका लागि आवश्यक रहेको बताउँदै उनले यसले दुरी र खर्च घटाउने बताए । सडक कनेक्टिभिटी नेपालको प्रमुख पूर्वाधार भए पनि नेपालमा सडकको घनत्व कम भएको उनले बताए । 

अन्तरदेशीय सीमालाई प्रविधिकोे प्रयोगले पातलो बनाउँदै लानु पर्ने उनले बताए । नेपालका लागि सडक, हवाई, जल, प्रविधिलगायतका कनेक्टिभिटीको मोड सम्भावना रहेको उनले औंल्याएका छन् । 

उपाध्यक्ष वाग्लले कनेक्टिभिटीका लागि देशको भूपरिवेष्ठित भौगोलक अवस्था समस्या नभएर पोलिसी लक्ड समस्या भएको बताएका छन् ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप