काठमाडौं । भदौ १४ गते शनिबार चिनियाँ ह्याकरहरुले एटीएम कार्ड ह्याक गरी पैसा चोरी गरेपछि आएको समस्या समाधान गर्न भारत जानेलाई राष्ट्र बैङ्कले प्रवक्ता लक्ष्मीप्रपन्न निरौलालाई ९८५१२१०९१९ नम्बरमा सम्पर्क गर्न भनेको छ ।
भारत पुगेकाहरुको परिवारले प्रवक्ता निरौलाको उक्त नम्बरमा सम्पर्क गरे २४ घण्टाभित्र भुक्तानी सेवा पाइने राष्ट्र बैङ्कले जनाएको छ । चिनियाँ ह्याकरले नेपालका एटीएम बुथबाट पैसा चोरी गरेपछि बैङ्कका एटीएमहरुमा समस्या आएको थियो । कतिपय बैङ्कका एटीएम अझै चलेका छैनन् । एटीएम कार्डमा समस्या आएका कारण सर्वसाधारणको सहजताका लागि यस्तो तरिका अपनाइएको प्रवक्ता निरौलाले बताए ।
चिनियाँ ह्याकरहरुले ७ ओटा बैङ्कका विभिन्न कार्ड प्रयोग गरी १७ ओटा बैङ्कका विभिन्न स्थानका ६८ ओटा एटीएमबाट १ करोड ८९ लाख ४४ हजार ५ सय भारतभित्रबाट ६ ओटा नेपालका वाणिज्य बैङ्कहरुको विभिन्न कार्ड प्रयोग गरी भारतका विभिन्न स्थानका २४ बैङ्कका १३२ एटीएमबाट १ करोड ५ लाख ८७ हजार २ सय गरी कुल ३ करोड ५८ लाख ८४ हजार २० रुपैयाँबराबरको रकम चोरी गरेका थिए ।
थप
expand_moreकम
expand_less