३ हजार किलोमिटर रेल ट्रयाक बनाइने 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ भदाै २५, बुधबार,०९:५५:PM  
३ हजार किलोमिटर रेल ट्रयाक बनाइने 

काठमाडौं । सरकारले एक दशकमा रेल सेवालाई विस्तार गर्ने योजना सार्वजनिक गरेको छ । आगामी एक दशकमा नेपालमा ३ हजार किलोमिटर लामो रेलको ट्रयाक बनाइने भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले बताए ।

पुर्वाधार सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले रेल विस्तारको महत्वकाँक्षी योजना सुनाएका हुन् । उनले नेपालले ऊर्जा विकासमा पनि फडको मार्ने जानकारी दिदै १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने बताए । हाल ७ प्रतिशत हारहारीमा रहेको आर्थिक वृद्धिलाई विस्तार गरी दुई अंकमा पुर्याउने जानकारी दिए । 

यो सरकारका पालामा उत्तरदक्षिण लोकमार्गको काम सकिनुका साथै हुलाकी राजमार्ग र अन्य ठुलो परियोजनाको काम सकिने जानकारी दिए । सरकारले भावना र भावुकताका आधारमा आयोजना अघि नबढाउने स्पष्टपारे । 

इतिहासमा बलियो सरकार बनेको चर्चा गर्दै महासेठले लगानीमैत्री वातावरण सिर्जना गरिरहेको बताए । वर्तमानसरकारको मुख्य लक्ष्य समृद्धि रहेको स्पष्टपारे । 

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');