सेयरबजार पूर्वाधार विकासको मुख्य औजार 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ भदाै २६, बिहीबार,०८:४५:AM  
सेयरबजार पूर्वाधार विकासको मुख्य औजार 

काठमाडौं । विश्व बैङ्कका उपाध्यक्ष चिङतोङ हुआले पुर्वाधारमा लगानी बढाउन सेयर बजार विकास आवश्यक रहेको बताएका छन । चीन, दक्षिण कोरिया र मलेसियाले पुँजीबजारबाट पुर्वाधारमा लगानी जुटाएको जानकारी गराए । 

उनले पुँजीबजार पूर्वाधारमा लगानी जुटाउन एक महत्वपूण वित्तीय औजार भएको जानकारी दिए । उनले जति पुँजी बजारको विकास भयो त्यत्ति नै पूर्वाधारमा लगानी जुट्ने तर्क गरे । उनले पुँजीबजारको विकासमा ध्यान दिन नेपाललाई सुझाव दिए । 

नेपाल पूर्वाधार सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै हुआले ऋणपत्र र इक्विटीबाट लगानी जुटाउन सकिने स्पष्टपारे । आजको दिनमा चीन, कोरिया र मलेसियाको पुँजी बजारको आकार बढ्नुमा पुर्वाधार विकास महत्वपूण भएको उले जानकारी दिए । पूर्वाधारमा गरिएको लगानी नाफामूलक हुने उनले बताए ।

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');