महानगरले त्रिपुरेश्वरदेखि जमलसम्म ५०० बिरुवा रोप्दै 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ भदाै २६, बिहीबार,११:४१:AM  
महानगरले त्रिपुरेश्वरदेखि जमलसम्म ५०० बिरुवा रोप्दै 

काठमाडौं । काठमाडौं महानगरपालिकाले त्रिपुेश्वरदेखि जमलसम्मको करीब २ किलोमिटर दूरीकाे बीच पर्ने सडक खण्डको दुवै किनारामा ५०० वृक्षरोपण गर्न थालेको छ ।

बिहीबार वन मन्त्री शक्ति बस्नेत, महानगरका प्रमुख विद्यासुन्दर शाक्य र नेपाली सेनाका उच्च अधिकारीले संयुक्त रुपमा कपुरका बिरुवा रोपेर कार्यक्रम थालनी गरेका छन्न ।

वृक्षारोपण पछि सहरी हरियाली प्रवर्धनका लागि साझेदारिताका विषयमा प्रतिक्रिया दिँदै महानगरका प्रमुख शाक्यले भने, बसोबासमैत्री सहर बनाउन हामी हरियाली बढाउँदै छौं । पार्क निर्माण तथा हरियाली प्रवर्धनकै लागि हामीले छिमेकी नगरहरुलाई पनि जनही १/१ करोड रुपैयाँ अनुदान दिएका छौं ।

महानगर क्षेत्रभित्र पार्क निर्माण, वृक्षारोपण लगायतकाम भइरहेका छन् । महानगरले सार्वजनिक र खुल्ला स्थानमा पार्क निर्माण गर्ने कामसँगै साझेदारलाई सँगै लिएर सडक किनारालाई एकसमानको हरियाली बनाउने भएको छ ।

अहिलेको काम वन विभाग र नेपाली सेनाको सहकार्यमा अघि बढेको हो। नेपाली सेना र काठमाडौं महानगरपालिकाका बीचमा सहरी स्वास्थ्य, शिक्षा र वातावरणीय सुधारका ३ क्षेत्रमा साझेदारिमा आधारित कार्यक्रम सञ्चालन हुने भएको छ।

यीमध्ये दुवै निकायको मुख्य प्रवेशद्वारबाट त्रिपुरेश्वरतर्फ नेपाली सेनाको मुख्यालयतर्फको स्थानको सरसफाइ र सौन्दर्यीकरण गर्ने, यात्रुलाई बस्ने मेचको व्यवस्था गर्ने योजना छ । यसमा लगानी महानगरले गर्नेछ भने व्यवस्थापन नेपाली सेनाले गर्ने छ। 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');