घट्न थाल्यो सुनचाँदीको मूल्य, तोलाको ७० हजार ८००

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ भदाै २६, बिहीबार,०२:१५:PM  
घट्न थाल्यो सुनचाँदीको मूल्य, तोलाको ७० हजार ८००

काठमाडौं । पछिल्लो दुई सातादेखि निरन्तर ओरालो लाग्दै आएको सुनको मूल्यमा बिहीबार पनि थोरै गिरावट आएको छ । 

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेर प्रतितोला ७० हजार ८०० रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला २०० सय रुपैयाँका दरले घटेको छ । नेपाली बजारमा तेजाबी सुनको मूल्य प्रतितोला ७० हजार ५०० रुपैयाँ पुगेको छ । बुधबार तेजाबी सुन प्रतितोला ७० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । 

सुनको मूल्यसँगै चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला ८७५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी कर्पोरेट बजार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');