फ्रान्सले लिब्रामाथि प्रतिबन्ध लगाउने

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ भदाै २६, बिहीबार,०३:३५:PM  
फ्रान्सले लिब्रामाथि प्रतिबन्ध लगाउने

पेरिस । फ्रान्सले फेसबुक कम्पनीले जारी गर्न लागेको लिब्रा नामको क्रिप्टोकरेन्सी (विद्युतीय मुद्रा) लाई युरोपमै प्रतिबन्ध लगाउने चेतावनी दिएको छ ।    
    
यस मुद्राका कारण युरोपेली सरकारहरुको “मुद्रा सम्प्रभूता” सङ्कटमा पर्ने खतरा रहने भन्दै फ्रान्सले उक्त चेतावनी दिएको हो ।    
    
“म के कुरामा प्रष्ट छु भने युरोपेली मुलुकमा यो मुद्रा अहिलेकै अवस्थामा सञ्चालनमा बिल्कुलै प्रयोगमा ल्याउन दिइने छैन,” फ्रान्सका अर्थमन्त्री ला मायरले भने ।    
    
उनी ओईसीडी सम्मेलनको उद्घाटनका अवसरमा बोल्दै थिए ।      रासस/एएफपी

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');