आणविक ऊर्जा केन्द्र खारेज गर्ने जापानका वातावरण मन्त्रीको भनाइ

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ भदाै २६, बिहीबार,०४:१५:PM  
आणविक ऊर्जा केन्द्र खारेज गर्ने जापानका वातावरण मन्त्रीको भनाइ

टोकियो । जापानका नव नियुक्ति वातावरण मन्त्री शिन्जिरो कोइजुमीले जापानका आणविक ऊर्जा केन्द्रहरु खारेज गर्ने धारणा राखेका छन् ।    
    
जापानका प्रधानमन्त्री शिन्जो आबेले बुधबार गरेको मन्त्रिपरिषद हेरफेरपछि उनी वातावरण मन्त्रीमा नियुक्ति भएका थिए । ३८ वर्षीय शिन्जिरो पूर्व प्रधानमन्त्री जुनिचिरो कोइजुमीका छोरा हुन् ।    
    
शिन्जिरो दोस्रो विश्वयुद्धको अन्त्य भएदेखि जापानको मन्त्रिपरिषदमा नियुक्त भएका तेस्रो कान्छो मन्त्री हुन् । बुधवार राती गरेको एक सम्बोधनको क्रममा उनले जापानका आणविक ऊर्जा उत्पादन केन्द्रहरु खारेज गर्नेतर्फ आफ्नो धारणा राखेका हुन् ।    
    
आणविक ऊर्जाको बारेमा सरकारले गरेको योजनाको बारेमा पत्रकारहरुले सोधेका प्रश्नको जवाफमा उनले आणविक ऊर्जा केन्द्रको खारेजीको प्रसंग उल्लेख गरेका हुन् ।    
    
देशमा सन् २०११ मा आणविक दुर्घटना भइसकेको र अब हुन नदिने पनि उनले बताए । यदि यी केन्द्रलाई राखियो भने हामी ध्वस्त हुनेछौँ, उनले भने ।    रासस/एएफपी

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');