विदेशमा भएका कार्ड होल्डरले अर्काे खातामा डलरमा रकमान्तर गर्न सक्ने

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ भदाै २६, बिहीबार,०६:१५:PM  
विदेशमा भएका कार्ड होल्डरले अर्काे खातामा डलरमा रकमान्तर गर्न सक्ने

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले प्रिपेड कार्ड, डेबिट कार्ड र क्रेडिट कार्डमा भएको रकम डलरमा भुक्तानी गर्न पाउने भएका छन् । 

भदौ १४ गतेको एटीएम ह्याकसम्बन्धी घटनापछि त्यसअघि जारी भएका ती कार्डहरुको हकमा विदेशका विभिन्न ठाउँमा रहेका कार्ड होल्डरहरुलाई होटल, अस्पताललगायतका विभिन्न स्थानमा भुक्तानी गर्न सजिलो होस् भन्ने उद्देश्यले राष्ट्र बैङ्कले यस्तो व्यवस्था गरेको विदेशी विनिमय विभागकी कार्यकारी निर्देशक सरिता भट्टले बताइन् । 

यसो गर्न कार्ड धारकको निवेदन लिई निज वा निजले अख्तियारी दिएको व्यक्ति वा संस्थाको विदेशस्थित बैङ्क खातामा सो रकम रकमान्तर गर्न सकिने राष्ट्र बैङ्कले जनाएको छ । यो सुविधा सूचना प्रकाशित भएको मितिले ७ दिनसम्म मात्रै लागू हुनेछ ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');