म्याद गुज्रेका र गुणस्तरहीन वस्तु झुक्याएर विक्रि वितरण गरे ३ लाख जरिवाना

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ भदाै २६, बिहीबार,०६:२४:PM  
म्याद गुज्रेका र गुणस्तरहीन वस्तु झुक्याएर विक्रि वितरण गरे ३ लाख जरिवाना

काठमाडौं । दशैं, तिहार तथा छठ जस्ता चाडपर्वको मौका छोपी गुणस्तरहीन तथा म्याद समाप्त भएका वस्तुहरुको विक्रि वितरण गर्ने उद्योग तथा व्यापारीलाई तत्काल जरिवाना हुने भएको छ । कुनै पनि गुणस्तरहीन, म्याद समाप्ती, बिल विजक नभएका, लेभल नभएका वस्तु ढाँटेर वा झुक्याएर विक्रि वितरण गरेमा २ देखि ३ लाख रुपैयाँ जरिवाना गर्ने कानुनी प्रावधान छ ।
आउँदै गरेका चाडपर्वका बेलामा उपभोक्ता नठगिउन र व्यापारीले कार्टेलिङ गर्ने स्थिति अन्त्य गर्न सरकारले सरोकारवाला पक्षलाई सचेत गराएको हो । बुधबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले काठमाडौं चेम्बर अफ कमर्शका पदाधिकारी तथा व्यापारीबीचलाई चाडपर्वका बेला उपभोक्ताको सेवा, मुल्य र गुणस्तरमा ध्यान दिन आग्रह गरेको छ ।

विभागले नियमित अनुगमन र निरिक्षण गरिरहे पनि चाडपर्वमा उपभोक्ताको हितलाई कायम गर्दै कारोबार गर्न आग्रह गरिएको थियो । उद्योगी तथा व्यापारीलाई कानुनी र नीतिगत दायित्व र जिम्मेवारी कायम गर्दै उपभोक्तामैत्री व्यवहार गर्न विभागका महानिर्देशक योगेन्द्र गौचनले आग्रह समेत गरे ।
विभागका अनुगमन निर्देशक रघुनाथ महतले भने संघीयता सँगै स्थानीय र वडा तहले समेत अनुगमन गर्ने भएकाले विभागले मात्रै अनुगमन गर्नुपर्दछ भनेर नबुझ्न आग्रह गरे । चाडपर्वका बेलामा उद्योगी तथा व्यवसायीले उपभोक्तालाई नठग्न र कुनै पनि कार्टेलिङ नगर्न सुझाव दिए । उनले ऐन तथा कानुनमा कुनै व्यापारी कार्टेलिङ र बदमासी उपर हुने सजाय र जरिवानाका कानुनी प्रावधान उल्लेख गरे । 
सहभागीहरुले चाडपर्वका बेला मात्रै हुने अनुगमन, मुल्य, गुणस्तर र व्यापारीले गर्ने कार्टेलिङबारे आफ्नो गुनासो र जिज्ञासा राखे ।  सवै पक्षको सहकार्य र समन्वयमा चाडपर्वमा वस्तुको आपूर्ति र विक्रिवितरण चुस्तदुरुस्त पार्ने काठमाडौं चेम्वर अफ कमर्शका अध्यक्ष विश्वमान श्रेष्ठले बताए । कानुन निर्माण गर्र्दा आफु र व्यवसायीलाई छलफल नगराइदा भने समस्इा हुने गरेको उनको तर्क थियो । सरकारले कानुनलाई मात्रै टेकेर नभइ व्यवसायीका वास्तविक समस्या के हुन बुझेर व्यवहार गर्न उनले आग्रह गरे ।
चाडपर्वका बेला ठूलो परिमाणमा वस्तु तथा सेवाको माग र विक्रि वितरण हुन्छ । व्यापारीले चाडपर्वका बेलामा मौका छोपी अधिक लाभ तथा मुनाफा लिने उद्धेश्यले उपभोग्य वस्तुमाथि कार्टेलिङ गर्ने सम्भावना हुन सक्छ । सो कुरालाइ ध्यानमा राख्दै सरकारले चाडपर्वका बेला आम उपभोक्तालाई सहज रुपमा वस्तुको उपभोग र आपूर्ति उपलव्ध गराउन उद्योगी तथा व्यापारीलाई आग्रह समेत गरेको छ ।
चाडपर्वको मौका छोपी कुनैपनि वस्तु म्याद गुज्रेको र गुणस्तरहीन विक्रि वितरण गर्नेमाथि सरकारले कडा सजायको व्यवस्था गरेको हो । 
 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी उद्योग बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');