जीवन बिमाको बोनसदर बढ्ने

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ भदाै २६, बिहीबार,०६:२७:PM  
जीवन बिमाको बोनसदर बढ्ने

काठमाडौं । जीवन बिमा गर्ने बिमितको बोनसदर बढ्ने भएको छ । बिमा समितिले बिमकको बिमाङ्कीय निर्देशिका जारी गर्दै जीवन बिमा गर्नेहरुको बोनसदर बढ्ने व्यवस्था गरेको हो । 

समितिले जारी गरेको सो निर्देशिकाअनुसार बिमाङ्कीय मूल्याङ्कन प्रतिवेदनअनुसार जीवन बिमा व्यवसायमा भएको बचत (कर्मचारीलाई बोनस छुट्याउनु अगाडि)को घटीमा नब्बे प्रतिशत रकम बिमालेख लिनेको कोषमा सार्नु पर्ने व्यवस्था गरिएको छ । 

समितिमा पेस भएका बिमाङ्कीय प्रतिवेदनका आधारमा आवश्यक परेमा समितिले सेयरधनी कोषबाट बिमा लेख लिनेको कोषमा रकम सार्न तथा अन्य आवश्यक निर्देशन दिन सक्ने व्यवस्था गरेको छ ।

त्यस्तै, बिमितलाई प्रदान गरिने मुनाफा दर मुनाफा अवधिको सुरु मितिदेखि नै लागू गर्नु पर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');