काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बनेको दुईतिहाइ वहुमतको सरकार गठन भएको डेढ वर्षमा भएका उपलब्धिहरु सार्वजनिक गरेका छन ।
संविधान दिवसको अवसरमा राजधानीको टुँडिखेलामा शुक्रवार आयोजित विशेष समारोहमा प्रधानमन्त्री ओलीले सरकारका उपलब्धिहरू सार्वजनिक गरेका हुन्।
प्रधानमन्त्रीले सार्वजनिक गरेको उपलब्धिका सूचीमा पानी जाहाजदेखि आर्थिक वृद्धिसम्म छन । प्रधानमन्त्रीले सार्वजनिक गरेका सरकारका मुख्य उपलब्धीहरु
गत आर्थिक वर्ष २०७५/०७६ मा ७.१ प्रतिशतको उच्च आर्थिक वृद्धि
निर्यात वृद्धि १९.४ प्रतिशतले र आयातको वृद्धि १३.९ प्रतिशतमा सीमित
राजस्व सङ्कलनमा २२.६ प्रतिशतले वृद्धि
स्थानीय तहमा वाणिज्य बैंकको शाखा ७३७ पुगेको
खोलौँ बैंक खाताू अभियान अन्तर्गत हालसम्म १ लाख ६५ हजार ६२२ जनाको खाता खोलिएको
नेपालले डेढ वर्षको अवधिमा नै सङ्घीयता कार्यान्वयनको महत्त्वपूर्ण पाटो वित्तीय सङ्घीयताको व्यवस्थापन सहज रूपमा गरेको
सामान ढुवानी गर्ने गाडीको अनुगमन सहज पार्ने भेहिकल कन्साइनमेन्ट ट्रयाकिङ प्रणालीमा ३० हजारभन्दा बढी फर्महरू जोडिएको
तातोपानी नाकाबाट आयात(निर्यात पुनः शुरू भएको
सिन्धुपाल्चोकको लार्चास्थित सुक्खा बन्दरगाह निर्माण भई सञ्चालनमा आएको
टेलिप्रिजेन्सको माध्यमबाट राष्ट्रिय गौरवका परियोजनाको प्रत्यक्ष अनुगमन गर्ने प्रणाली कार्यान्वयनमा ल्याइएको
सार्वजनिक सेवाको आधुनिकीकरणका लागि राष्ट्रिय परिचयपत्रको वितरण कार्य शुरू भएको
मुलुकका ८९ मालपोत कार्यालयवाट विद्युतीय प्रणालीमार्फत् सेवा प्रदान गर्ने कार्य थालनी भएको
अघिल्लो आर्थिक वर्षमा करिब एक हजार ६०० किलोमिटर कालोपत्रे सडक निर्माण भएको२४३ सडक पुलको निर्माण कार्य सम्पन्न भएको
यस वर्ष १ हजार मेगावाट विद्युत् उत्पादन गर्नेगरी विद्युत् र नवीकरणीय ऊर्जाका परियोजना सञ्चालनमा
यो सरकार गठन हुँदा कायम रहेको प्रतिव्यक्ति ऊर्जा खपत वृद्धि भई ११० किलोवाट प्रतिघण्टाबाट २४५ किलोवाट प्रतिघण्टा पुगेको
यस अवधिमा मुलुकका ७ हजार ३ सय ७७ हेक्टर थप भूभागमा वृक्षारोपण गरिएको, वृक्षारोपण भएका क्षेत्रमा फलफूलका मात्र ४५ लाख बिरुवा रोपिएको
यस अवधिमा थप ३ हजार ७ सय हेक्टर भूमिमा सिँचाइ सुविधा विस्तार गरिएको
भूकम्पबाट क्षति भएका चार लाख ९२ हजार निजी घर, पाँच हजार विद्यालय र ६६५ वटा स्वास्थ्य चौकीको पुनर्निर्माण सम्पन्न
बारा र पर्साका चक्रवातीय आँधीपीडितका लागि ८६९ घर निर्माण गरी हस्तान्तरण गरिएको
दक्षिण एशियाकै पहिलो अन्तरदेशीय पाइपलाइनको रूपमा मोतिहारी(रक्सौल(अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन सञ्चालनमा ल्याइएको
वर्तमान सरकारको कार्यकालमा स्वास्थ्य बीमाको दायरामा आउने नागरिकको सङ्ख्या तीन गुणाले वृद्धि
कक्षा एकदेखि १० सम्मका सबै ५६ लाख ३८ हजार बालबालिकालाई शैक्षिक वर्षको शुरूमा नै पाठ्यपुस्तक उपलब्ध गराइएको
वर्तमान सरकार गठन हुनुअघि ४३ जिल्ला पूर्ण साक्षर जिल्ला घोषित भएकोमा यो सरकार गठन भएपछि ५१ जिल्ला साक्षर घोषणा
थप एक हजार माध्यमिक विद्यालयमा पुस्तकालय स्थापना
प्रधानमन्त्री रोजगार कार्यक्रमबाट देशभरिका ६४६ स्थानीय तहमा १ लाख ८८ हजार ३४६ जनालाई औसत १३ दिनका दरले जम्मा २३ लाख ४३ हजार १३६ दिनको रोजगारी उपलब्ध गराइएको
श्रमिकहरूको वैदेशिक रोजगारी सुलभ, सुरक्षित र मर्यादित तुल्याउन शून्य लागतको सिद्धान्त बमोजिम मलेशिया, संयुक्त अरब इमिरेट्स तथा मरिसससँग श्रम सम्झौता र समझदारी गरिएको
जापानका नागरिकले पाउने सरहको सुविधा नेपाली श्रमिकले पाउने गरी जापानसँग द्विपक्षीय श्रम समझदारी
यसै आर्थिक वर्षबाट श्रमिकहरूको योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा आएको
वर्तमान सरकार गठन भएपछि जारी भएका ४३ वटा ऐनमार्फत् २०१ वटा ऐन संशोधन, १३ वटा ऐन खारेज
सिण्डिकेट अन्त्य गरी काठमाण्डू उपत्यकाको सार्वजनिक यातायात प्रणालीमा सुधार गर्न सार्वजनिक यातायात प्राधिकरण गठन गर्ने विधेयक सघीय संसद्मा विचाराधीन
आमनागरिकको सुविधाका लागि विद्युतीय बस छिट्टै सञ्चालन हुँदै, सरकारले साझा यातायातमार्फत् काठमाण्डू उपत्यका र प्रदेशका मुख्य शहरहरूमा तीन सयवटा विद्युतीय बस खरिद गरी सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको
जटिल मानिएको कर्मचारी समायोजन सम्पन्न
जापानसँग नेपालको सिधा हवाई सम्पर्क पुनःस्थापना
नेपाल भ्रमण वर्ष २०२० का तयारी तीव्र रूपमा भइरहेको
दक्षिण एशियाली खेलकुद प्रतियोगिताका लागि पूर्वाधार तयारी अन्तिम चरणमा पुगेको
पहिलो पटक नेपालमा सरकारले मासिक १०० रुपैयाँबाट शुरू गरेको सामाजिक सुरक्षा भत्तालाई प्रतिमहिना ३ हजार रुपैयाँ पुर्याइएको
सरकार गठन भएदेखि हालसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विभिन्न कसुरमा ५४० जनाविरुद्ध ४ अर्ब २५ करोड रुपैयाँ विगो माग दावी गरी मुद्दा चलाइएको
राजस्व चुहावट र विदेशी विनिमय अपचलन तथा अवैध हुण्डी कारोबारको कसुरमा ५६८ जनामाथि १४ अर्ब ६९ करोड ३८ लाख रुपैयाँ माग दाबीसहित मुद्दा दायर गरिएको