टिकट बुकिङ खुल्यो, काउन्टरमा टिकट काट्नेको भीड (फोटो फिचर)

account_box नाजिया श्रेष्ठ ,
प्रकाशित: २०७६ असाेज ५, आइतबार ,११:४०:AM  
टिकट बुकिङ खुल्यो, काउन्टरमा टिकट काट्नेको भीड (फोटो फिचर)

काठमाडौं । यातायात व्यवसायीले आजदेखि दसैंका लागि टिकट बुकिङ खुला गरेका छन् । व्यवसायीले मध्यम तथा लामो दूरीमा चल्ने सवारी साधनको बुकिङ खुला गरेका हुन् । 

टिकट बुकिङ खुला भएसँगै दसैं मान्न उपत्यकाबाट बाहिरिने सर्वसाधारण टिकट काट्न काउन्टरमा पुगेका छ । अहिले नयाँ बसपार्क, पूरानो बसपार्क, बल्खु, कलङ्की, कोटेश्वरलगायत टिकट काउन्टरमा सार्वसाधारणको भीड लागेको छ । 

दसैंका बेला काठमाडौं उपत्यकाबाट करिब ४० लाख व्यक्ति बाहिरिने गर्ने गर्छन् । बसको टिकटलाई अनलाइन प्रणालीमा लैजान नसक्दा सर्वसाधारणलाई टिकट पाउन समस्या भइरहेको छ । यातायात व्यवस्था विभाग र व्यवसायीबीच गत भदौ २५ गते आजदेखि टिकट बुकिङ खोल्ने सहमति भएको थियो । 

नाजिया श्रेष्ठ

क्यापिटल नेपालका फाेटाेपत्रकार हुन् ।

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');