काठमाडौं । सबैभन्दा बढी आर्थिक कारोबार हुने दर्श नजिकिएसगै बजारमा व्यवसायीक माहोल सिर्जना भएको छ । सोहि कारण सबैजसो उत्पादक, व्यवसायी तथा आधुनिक मल, डिपार्टमेन्ट स्टोरलगायतले ग्राकह तान्न बिभिन्न स्किम, छुटलगायतका योजना सार्वजनिक गर्न प्रतिस्पर्धा शरु गरिसकेको छन् ।
काठमाडौंका केही नामी कम्प्लेक्स तथा सपिङ मलले यस्ता योजना सार्वजनिक गरिसकेका छन् भने केहिले स्किमको तयारी गरिरहका छन् । दशै, तिहार तथा छट पर्वलाई लक्षित गरि केहि मलहरुले सार्वजनिक गरेका छुट तथा स्किमहरु यस्ता छन् ः
के एल टावर
के एल टावर चुच्चेपाटीले ग्राहकहरुका लागि दशैं तिहारको अवसरमा ‘यामाहा रमाईलो दशैं तिहार उपहार योजना’ ल्याएको छ । यो योजना असोज १ गतेदेखि कार्तिक २५ गतेसम्म लागू हुनेछ । के एल टावरका कुनै पनि पसलबाट १ हजारभन्दा माथि मूल्यको सामान खरिदमा दैनिक एफ क्यूब सिनेमाको तर्फबाट दुईओटा मूभि टिकट हजार बराबरको सपिङ भौचर र अन्य आकर्षक उपहारहरु दिने बताएको छ । त्यस्तै साप्ताहिक उपहारको रुपमा कोन्का रेफ्रिजेरेटर, वासिङ मेसिन, एलईडी टेलिभिजन, आईरन, हिटर, भ्याकूम क्लिनरलगायतका उपहार प्रदान गर्ने छ । त्यस्तै बम्पर उपहर अन्तरगत यामाहा एफजीएस एफआई भर्जन ३, यामाहा रे स्कुटर, बैंककको ट्रिप र टाइमेक्स घडी जित्न सकिनेछ ।
बीजी मल
गंगबुस्थित बीजी महलले पनि यामाहा फेन्टास्टिक दशैं तिहार हरेक दिन उपहार योजना ल्याएको छ । यो योजना असोज २ गतेदेखी कार्तिक २५ गतेसम्म रहने छ । १ हजार रुपैयाँ वा सोभन्दा मािथको मूल्यको सामान खरिदमा दैनिकरुपमा फुड भौचर, मुभि टिकट, १ हजार बराबरको सपिङ भौचर र आकर्षक उपहार जित्न सक्ने छन् । यस्तै साप्ताहिक रुपमा सीजीको टेलिभिजन, फ्रिज, वासिङ मसिन, साउण्ड सिस्टम र बम्परमा यमाहाको एफजीएस बाइक, यमाहाको रेज स्कुटर र दुबई टुरको टिकट जित्नसकिने छ ।
लबिम मल
दशैं तिहारमा आफना ग्राहकवर्गहरुलाई लक्षित गर्दै लबिम महलले खुद्रा सामाग्रीको खरिदमा भारी छूट, सेल्स तथा विशेष अफरहरु ल्याएको छ । विशेष छूटमा बाई वान गेट वान फ्रि अफर, भारी छूट तथा गिफ्ट भौचरहरु रहेका छन् । लबिम मलका अधिकांस अफरहरु तिहारसम्मका लागि हुने छन् भने केही दशैंसम्मका लागि मात्र रहने बताइएको छ ।
सिभिल मल
सिभिल मलले दशैं तिहारलाई लक्षित गर्दै यामाहासँग दशैं तिहार २०७६ उपहार योजना सार्वजनिक गरेको छ । १ हजार रुपैयाँ वा सोभन्दा माथिको मूल्यको सामान खरिद गरेमा विभिन्न आकर्षक उपहार ग्राहकले जित्न सक्ने छन् । यसबाहेक ग्राहकले यामाहाको एफजेट एस एफआई भी ३.० बाइक, यामाहाको रे जेडआर स्कुटर तथा फ्लाइट टिकट, यस्तै एलजीको टेलिभिजन, रेफिरिजेटर, माइक्रोवेभ ओभन तथा विभिन्न आकर्षक उपहारहरु प्राप्त गर्नसक्ने छन् । यो योजना भाद्र २७ गतेदेखि कार्तिक १६ गतेसम्म रहने सिभिल मलले बताएको छ ।
भाटभटेनी सुपरमार्केट
देशकै सबैभन्दा धेरै स्थानमा शाखा भएका भाटभटेनी सुपरमार्केटले दशैं तिहारको अवसरमा ग्राहकहरुका लागि विभिन्न छूटको योजनाहरु ल्याएको छ । भाटभटेनीले आफ्नो १६ ओटै स्टोरहरुमा भदौं २७ गतेदेखि कार्तिक १६ गतेसम्म लागू हुन गरी दशैं तिहारको योजना ल्याएको छ । उसले यो अवधिभर विद्युतिय सामाग्रीको खरिदमा १५ देखि २५ प्रतिशतसम्म छूट, कस्मेटिक्स र घडीमा १० प्रतिशत छूट, किचेन वेयर, घरेलु अपकरण, सारी, कुर्ता, रेडिमेट गार्मेन्ट्स, मोबाइल, जुत्ता, झोला लगायतका सामाग्रीहरुमा ५ प्रतिशत छूट दिने बताएको छ । यस्तै विभिन्न घरेलु खाद्य सामाग्रीमा पनि छूटको व्यवस्था गरेको छ । भाटभटेनीले विराटनगरको स्टोरमा चिनी प्रतिकिलो ५८ रुपैयाँ मूल्यमा विक्री गरेको छ भने अन्य स्टोरहरुमा ७२ रुपैयाँ किलो रहेको छ ।
छायाँ सेन्टर
ठमेलस्थित छायाँ सेन्टरले दशैं तिहारको अवसरमा ग्राहकहरुलाई लक्षित गर्दै सेप्टेम्बर २८ देखि अक्टोबर ४ सम्म दशैं हाट बजार सञ्चालन गर्ने छायाँ सेन्टरको मार्केटिङ म्यानेजर कबिता रिजालले बताइन् । उक्त बजारमा फुड तथा फेसन वेयर लगायत अन्य धेरै किसिमका स्टलहरु रहने छन् । बजारमा छूट तथा भारी सेल बजारको व्यवस्था गरिने उनले बताइन् । । साथै, दशैं तिहारलाई लक्षित गर्दै छायाँ सेन्टरमा रहेका विभिन्न सपहरुले आफ्नै छूटको व्यवस्था गरेको छ ।