लाइसेन्स खारेजीको निर्णयमाथि पुनरवलोकन गर्न मन्त्रालयमा नेपाल स्याटेलाइटको पत्र

account_box युजु खालिङ ,
प्रकाशित: २०७६ असाेज ५, आइतबार ,०६:०१:PM  
लाइसेन्स खारेजीको निर्णयमाथि पुनरवलोकन गर्न मन्त्रालयमा नेपाल स्याटेलाइटको पत्र

काठमाडौं । बक्यौता रकम नतिरेपछि नेपाल दूरसञ्चार प्राधिकरणले लाइसेन्स खारेज गरेको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल स्याटेलाइटले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पुनरवलोकनका लागि पत्र पठाएको छ । कम्पनीले भदौं ३१ गते त्यस्तो पत्र मन्त्रालयमा पठाएको मन्त्रालयको संस्थान समन्वय महाशाखाकी प्रमुख बन्दना श्रेष्ठले जानकारी दिएकी छन् । 

मन्त्रालयमा पुगेको उक्त पत्र महाशाखाबाट निर्णयका लागि असोज १ गते नै सचिवकहाँ पुगेको श्रेष्ठले जानकारी दिइन् । पहिलो चरणको सात करोड रुपैयाँ बक्यौता नतिरेपछि स्वतः खारेजीमा गएको कम्पनीको लाइसेन्स पुनर्जीवित गर्न दूरसञ्चार ऐनले अदालतमा रिट दायर गर्न तथा मन्त्रालयमा पुनरवलोकनका लागि पत्र पठाउन सक्ने व्यवस्था गरेको छ । 

उक्त पत्र अहिले मन्त्रालयमा अध्ययनको प्रक्रियामा रहेको मन्त्रालयकी सहसचिव राधिका अर्यालले बताइन् । ‘पत्र मन्त्रालयमा प्राप्त भएको छ । पुनरवलोकनका लागि आएको पत्रमाथि अहिले अध्ययन भइरहेको छ,’ सह सचिव अर्यालले भनिन्, ‘तर निर्णय कहिलेसम्म हुन्छ भनेर भन्न सकिदैँन तर, निर्णय चाँडै आउला ।’ 

सर्वोच्च अदालतले स्याटेलाइटले दायर गरेको पुनरवेदनको रिटमा अन्तरिम आदेश जारी गर्न आवश्यक नरहेको निर्णय गरेपछि कम्पनीले मन्त्रालयमा पुनरवलोकनको पत्र पेश गरेको हो । लाइसेन्स खारेज भइसकेपछि स्याटेलाइटले लाइसेन्स खारेजीलाई उल्टाउन पाएको पुनरवलोनको ३५ दिने समयावधि असोज ५ गतेबाट समाप्त हुँदैछ ।

युजु खालिङ

क्यापिटल नेपालका संवाददाता हुन्

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');