वीरगञ्ज । ‘लगन भए स्वदेशमै सुन फलाउन सकिन्छ’ भन्ने भनाइलाई अङ्गीकार गर्दै कञ्चनपुरका तीन युवाले आफ्नै लगानीमा व्यावसायिक मेवा खेती सुरु गरेका छन् । भारतीय मेवाले नेपाली बजारमा कब्जा जमाएका कारण पुँजी पलायन रोक्न ती युवाले थोरै लगानीमै व्यावसायिक मेवा खेती सुरु गरेका हुन् ।
नेपाली बजार पञ्चाननब्बे प्रतिशत ओगटेको भारतीय मेवाका कारण नेपाली पुँजी पलायन हुन थालेकाले कञ्चनपुर नगरपालिकाका पीताम्बर कर्ण, दीपक गुप्ता र अनिल प्रधानले करिब २० लाख रूपैयाँको संयुक्त लगानीमा पाँच बिघा जमिनमा मेवा खेती सुरु गरेका हुन् ।
रोपेको आठ महिनामा मेवा बिक्री लायक हुने र एउटा मेवाको बोटबाट कम्तीमा ५० र बढीमा १०० किलोसम्म फल दिने र एउटै बोटलाई दुई वर्षसम्म प्रयोगमा ल्याउन सकिने भएकाले यो व्यवसाय फाइदाजनक रहेको जानकारी दिँदै कृषक पीताम्बर कर्णले भने प्राङ्गारिक मलबाट खेती सुरु गरिएकाले यहाँबाट उत्पादित मेवा स्वास्थ्यका लागि फाइदाजनक हुन्छन् ।
पाइवरनका रेडलेडी जातको मेवाको बीउ भारतको पुनाबाट ल्याएर रोपिएको हो । खादेर देवी ट्रेडर्स नामक नाम दिइएको सोे मेवा खेतीसँगै एक बिघा जमिनमा सयपत्री फूल तथा एक कट्ठा जमीनमा ड्रायगन फुडस्को खेतीसमेत गरिएको छ ।
प्रदेश २ सरकारले अहिले युवालाई उक्त खेतीतर्फ आकर्षित गर्न विशेष प्याकेज कार्यक्रम ल्याएको जानकारी दिँदै उक्त प्रदेशका भूमि तथा कृषिमन्त्री शैलेन्द्र साहले भने, “उक्त व्यवसायलाई आवश्यक पर्ने सबै सुविधा दिन प्रदेश सरकार तयार छ ।” रासस
थप
expand_moreकम
expand_less