वैदेशिक रोजगार व्यवसायी संघमा लोकतान्त्रीक प्यानल विजयी, विष्णुप्रसाद गैरेको अध्यक्षतामा नयाँ कार्यसमिति

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ असाेज ८, बुधबार,०७:२९:AM  
वैदेशिक रोजगार व्यवसायी संघमा लोकतान्त्रीक प्यानल विजयी, विष्णुप्रसाद गैरेको अध्यक्षतामा नयाँ कार्यसमिति

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा लोकतान्त्रिक समूहका सम्पूर्ण  प्यानल नै विजयी भएको छ ।  संघको अध्यक्षमा बिष्णुप्रसाद गैरेले निर्वाचित भएका छन । उनले ३३० मत ल्याएर निर्वाचित भएका छन  । 

प्रगतिशील समुहका अध्यक्षका प्रत्यासी सरोजकुमार पोखरेललाई ४८ मतले  पराजित गर्दै गैरे विजयी भएका छन् । 
संघको प्रथम उपाध्यक्षमा ३८१ मत ल्याई कमल  तामाङ् विजयी  भएका छन् ।

द्धितिय उपाध्यक्षमा देव मल्ल र तृतिय उपाध्यक्षमा किशोरकुमार केसी निर्वाचित भएका छन । संघका महासचिवमा सुजित श्रेष्ठ चयन भएका छन ।  सचिवमा मेघनाथ भुर्तेल  र कोषाध्यक्षमा ईन्दीरा गुरुङ् निर्वाचित भएकी छिन् ।  

सदस्यमा  लक्ष्मण पौडेल, कटुवाल, दिनेश कुमार राय (राहुल), सुरेन्द्र अर्याल, हर्कबाहादुर लिम्बु, बिजय लामा, बाबुलाल मगर, केशवराज न्यौपाने र छविलाल भटट्राई  चयन भएका छन् ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');