हराउँदै छ कमल

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ असाेज ९, बिहीबार,०३:१२:PM  
हराउँदै छ कमल

चिप्लेढुङ्गा । पोखरा महानगरलाई तालैतालको सहर भनेर चिनिन्छ । यहाँ फेवाताल, रुपाताल, बेगनास, खास्टे, मैदी, दिपाङ, गुँदे, न्युरेनी, कमलपोखरी ताल छन् । अस्तित्वमा रहेका फेवा, बेगनास र रुपातालले तालले सहरको चिनारी गर्नाका साथै पोखराको सुन्दरतालाई जोगाइरहेका पनि छन् तर, बाँकी छ तालले भने संरक्षणको अभावमा आफ्नो अस्तित्वसमेत गुमाइरहेका छन् ।    
    
महानगरपालिका–३१ मा रहेको बेगनास ताल पनि एक सुन्दर ताल हो । कुनै बखत तालको बाँधमा रहेको पुरानो खुँदी खोलोमा ढकमम्क फुलेका कमलको फूल पर्यटकलाई लोभ्याउने गन्तव्य बनेको थियो । ताल छेउ बेगनासताल महिला समूहले गरेको कमलको फूलखेतीले त्यहाँ पुग्ने पर्यटकलाई समेत टक्क रोकेर क्यामेरा तेर्स्याउन बाध्य बनाउँथ्यो तर पछिल्लो समय सरोकारवाला निकायले चासो नदिँदा अहिले उक्त फूलको खेती हुनै छाडेको छ ।    
    
“हामीले करिब तीन रोपनी जग्गामा २०६३ सालदेखि कमलको फूलको खेती ग¥याैं र संरक्षणमा जुट्याैं तर कसैले पनि हाम्रो कार्यप्रति चासो देखाएनन्,” बेगनास ताल आमा समूहकी अध्यक्ष दुर्गा अधिकारीले भनिन्,“तालको सुन्दरतासँगै खुँदीखोलामा ढकमक्क फुलेका कमलले जो कोहीलाई आकर्षित गर्नाका साथै आयुर्वेेदिक औषधिको रुपमासमेत कमल फूलको गेडाको व्यापार हुने गर्दथ्योे ।” कमलपित्तका बिरामीले कमलको फूलको गेडा खोज्न आउने र प्रतिगोटा पाँचको दरले बिक्री गरेर समूहले केही आम्दानी गर्ने गरेको उनले बताइन् । अहिले बेगनासतालबाट बढीे पानी आउने हुँदा फूल जोगाउन नसकिएको साथै जलकुम्भी पनि अत्याधिक बढेकाले समस्या भएको उनको भनाइ थियो ।    
    
“कही कतैबाट आर्थिक सहयोग नभएपछि यसको संरक्षण गर्न गाह्रो भयो। केही समय पहिले छ हजार रूपैयाँ खर्चेर ताल सफा गर्यौं पुनःजलकुम्भी र पानीको बहावले कमल मर्न थाल्यो,” अध्यक्ष अधिकारीले भनिन् । “हामीले सम्भव भएसम्म वातावरण संरक्षणका लागि सरसफाइसँगै कमलको फूल संरक्षण गर्दै आएका थियाैं तर कहीँ कतैबाट हामीलाई साथ मिलेन अब सकेनौं” समूहका सचिव पूजा खतिवडाको भनाइ थियो ।    
    
“सरोकारवाला निकायको मौनताले हामी मात्रै कति खट्ने भन्ने भावना समूहका साथीमा आउन थालेपछि गाह्रो भयो ।” “बेगनासमा कमलको फूल हेर्न पाइन्छ भनेर मान्छेहरु आउँथे” कमलपित्तका लागि यसकोे औषधि हुन्छ भनेर कमलको जरा, पात र गेडा खोज्न मानिस आउँथे तर अहिले कमल जोगाउन सकिएन ” उनले बताइन् ।    
    
असारदेखि भदौसम्म कमल फूल्ने समय भए पनि फागुन चैतमा परेको अध्याधिक पानीले कमलको फूल उम्रन नसकेकाले अहिले अलिअलि मात्र देखिएको उनको भनाइ थियो । उक्त ठाउँ बेगनासका महिला समूहलाई संरक्षणका लागि दिने मौखिक रुपमा भनिए पनि लिखित नगरिएकाले संरक्षणविहीन हुन पुगेको बेगनास युवा क्लबका पूर्वअध्यक्ष दुर्गाप्रसाद अधिकारीले बताए ।    
    
उक्त वडाका वडाध्यक्ष कमल थापाले खुँदी खोलामा उम्रेको कमल फूल संरक्षणका लागि भनेर वडा कार्यालयमा प्रस्ताव नआएको बताए । “हामी यही ठाउँको विकासका लागि जनप्रतिनिधि भएका हौं । बजेटले भ्याएसम्म राम्रो कामको लागि बजेट नदिने भन्ने कुरै आउँदैन,” उनले भने,“कमलको फूल खेतीका लागि आवश्यक सहयोग गर्न वडा तयार छ ।”
जमुना वर्षा शर्मा /रासस

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी प्रदेश -४ बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');