गैरीधारामा इसुजुको नयाँ सोरुम

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ असाेज १३, साेमबार,११:२६:AM  
गैरीधारामा इसुजुको नयाँ सोरुम

काठमाडौं । राजधानीको गैरीधारामा जापानी गाडी इसुजुले नयाँ सोरुम खोलेको छ । नेपालका लागि इसुजु गाडीको अधिकृत वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले सञ्चालनमा ल्याएको उक्त सोरुमको उद्घाटन नेपालका लागि जापानी राजदूत मासामिची साइगोले शुक्रबार गरेका हुन् । यो नेपालमा इसुजुको ११औं सोरुम हो । 

सोरुम उद्घाटन समारोहमा कन्टिनेन्टलका चेयरम्यान सुहृदराज घिमिरेले इसुजुका चार मोडलका गाडी नेपाल भित्र्याएको जानकारी गराएका छन् । इसुजुका ग्राहकलाई गाडी बिक्रीपछि प्रभावकारी सेवा र पार्टपुर्जा उपलब्ध गराउन कम्पनीले देशभर १५ ओटा वितरण तथा सर्भिस नेटवर्क विस्तार गरिसकेको पनि घिमिरेले बताए ।

सन् २०१७ यता कम्पनीले नेपालमा हजारभन्दा बढी गाडी बेचिसकेको र ग्राहकहरु निकै सन्तुष्ट रहेको पाइएको कम्पनीले बताएको छ । हाल नेपालमा उपलब्ध इसुजुका सिंगल क्याब गाडीको मूल्य २४ लाख ९० हजार, एस क्याबलाई ४४ लाख ९० हजार, भी–क्रस २.५लाई ६८ लाख ९० हजार र जिप भेरिएन्टका एसयुभी मक्सको मूल्य एक करोड ४४ लाख ९० हजार तोकिएको छ ।

इसुजु नेपालमा सबैभन्दा बढी वारेन्टी दिने ब्रान्डमा पर्छ । इसुजुका सबै मोडलमा तीन वर्ष वा एक लाख किलोमिटरको वारेन्टी छ । डिजेल इन्जिनमा इसुजु विश्वविख्यात कम्पनी हो । यसका डिजल इन्जिनहरु असाध्यै बलिया मानिन्छन् । 

कन्टिनेन्टल ट्रेडिङले यस वर्ष १९ ओटा सर्भिस नेटवर्क बनाउने र अर्को वर्षसम्म प्रत्येक ५० देखि १०० किलोमिटरको दुरीमा एउटा सर्भिस प्वाइन्ट खोल्ने बताएको छ ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी कर्पोरेट बजार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');