नेपाल स्याटेलाइटको लाइसेन्स ब्युँत्याउने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तयारी

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ असाेज १४, मङ्गलबार,०१:४५:PM  
नेपाल स्याटेलाइटको लाइसेन्स ब्युँत्याउने प्रस्ताव  मन्त्रिपरिषदमा लैजाने तयारी

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल स्याटेलाइट (हेल्लो नेपाल)को लाइसेन्स खारेजीको पुनरवलोकनको मामिला मन्त्रिपरिषद्मा लैजाने तयारी भइरहेको छ । बक्यौता रकम नतिरेपछि नेपाल दूरसञ्चार प्राधिकरणले लाइसेन्स खारेज गरेको कम्पनीको मामिला मन्त्रालयको क्षेत्राधिकारमा नपर्ने हुँदा त्यसलाई नेपाल सरकारसमक्ष पुर्याउने प्रक्रिया थालिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सहसचिव राधिका अर्यालले बताइन् । 

गत भाद्र ३१ गते नेपाल स्याटेलाइटले दूरसञ्चार ऐनमा भएको प्रावधानलाई प्रयोग गर्दै खारेज भएको लाइसेन्सलाई पुनर्जीवित गराउन मन्त्रालयमा पुनरवलोकनका लागि पत्र पठाएको हो । मन्त्रालयमा अध्ययनका क्रममा रहेको उक्त मामिला नेपाल सरकारको क्षेत्राधिकारभित्र पर्ने भएपछि त्यसलाई क्याबिनेटमा लान प्रक्रिया थालिएको सहसचिव अर्यालले बताइन् । 

‘नेपाल स्याटेलाइटको विषयमा हामीले दूरसञ्चार प्राधिकरणबाट आवश्यक सम्पूर्ण फाइल (हिस्ट्री) माग गरिसकेका छौं । त्यसको अध्ययन भइरहेको छ,’ सहसचिव अर्यालले भनिन्, ‘यो मामिलामा मन्त्रालयले नभएर नेपाल सरकारले निर्णय दिने हुँदा माथि पठाउन प्रक्रिया थालिसकेका छौं ।’ 

हेल्लो नेपालले विभिन्न शीर्षकमा प्राधिकरणलाई बुझाउनु पर्ने ७९ करोड ९२ लाख रुपैयाँको बक्यौता रकम नतिरेपछि कम्पनी स्वतः खारेजीको प्रक्रियामा गएको हो ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');