ओक्किनावाको विद्युतीय स्कुटर प्रेज प्रो : ८८ देखि ११० को रेन्जमा माइलेज

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ असाेज १५, बुधबार,०२:४१:PM  
ओक्किनावाको विद्युतीय स्कुटर प्रेज प्रो : ८८ देखि ११० को रेन्जमा माइलेज

एजेन्सी । विद्युतीय टु ह्वीलर्स निर्माणकर्ता कम्पनी ओक्किनावाले भर्खरै भारतमा ओक्किनावा प्रेज प्रो स्कुटर सार्वजनिक गरेको छ । प्रेजको यो तेस्रो मोडल हो । प्रेजको लाइनअपमा यो स्कुटर, बेस मोडल प्रेज र टप मोडल आईप्रेजको बीचमा रहेको मानिन्छ । भर्खरै भारतीय बजारमा सार्वजनिक भएको यो स्कुटरका विशेषताहरु आकर्षक छन् ।

डिजाइन र स्टाइल

ओक्किनावाको इलेक्ट्रिक स्कुटर सधैं परम्परागत डिजाइनमा निर्माण हुने गरेका छन् । प्रेज प्रो पनि यस्तै पुरानो डिजाइनमा नै निर्मित भएको छ । यसको फ्रन्ट एप्रोनमा पुल्ड ब्याक डिजाइन छ, जसमा एउटा भी सेपको एलईडी हेडल्याम्प र डेटाइम रनिङ लाइट अप्रोनको साइडमा राखिएको छ । ह्यान्डलबारमा रातो र कालो रंगसहितको इन्डिकेटरले यो स्कुटरलाई एउटा स्पोर्टी लुक्स दिएको छ । 

इलेक्ट्रिक मोटर र विशेषताको कुरा गर्दा यसमा एक हजार वाटको ब्रसलेस बीएलडीसी मोटर छ जुन वाटरप्रुफ छ र यसले २५ सय वाटको पिक पावर जेनेरेट गर्दछ । यसमा दुई किलोवाटको लिथिनियम आयन बैट्री प्रयोग भएको छ, जसले स्पोर्टी मोडमा ८८ किलोमिटरको माइलेज दिन्छ भने सामान्यको मोडमा ११० किलोमिटरको माइलेज दिन्छ । सामान्यको मोडमा यसको स्पिड ३५ किलोमिटर प्रतिघण्टासम्म निर्धारित गरिएको छ भने स्पोर्ट मोडमा ६५ देखि ७० किलोमिटर प्रतिघण्टाको स्पिड तय गरिएको छ । 

भारतमा यसको एक्स सोरुम मूल्य ७१ हजार ९ सय ९० भारतीय रुपैयाँ तय गरिएको छ । यसमा ब्याट्री मूल्य ४५ हजार ९ सय ६५ भारु पनि समावेश गरिएको छ । 

पहिलो पटक स्कुटर चलाउने, वृद्ध तथा कलेज जाने विद्यार्थीहरुका लागि यो उत्कृष्ट हुने कम्पनीले बताएको छ ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');